हिलेमा तामाङ्ग भाषा लिपी सााक्षरता सम्बन्धि प्रशिक्षण कार्यशाला शूरु
धनकुटा खबर, जेष्ठ ९ । नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला कार्य समिति धनकुटाको आयोजनामा आज देखी हिलेमा तीन दिने तामाङ्ग भाषा लिपी सााक्षरता सम्वन्धि प्रशिक्षक प्रशिक्षण कार्यशाला शूरु भएको छ ।

कार्यशालामा हिलेका १५ देखी २० जनाले सहभागीता जनाएको आयोजकले वताएको छ । कार्यशालाको सहजीकरण तामाङ्ग भाषाविद् प्रतिक तामाङ्ग र घेदुङ्गका पूर्व महासचिव कुमार तामाङ्गले गर्दैछन ।

कार्यशाला उद्घाटनको क्रममा आदीवासीजनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई,जिल्ला शिक्षा कार्यलयका श्रोत व्यक्ति विश्नाथ दाहाल र समाजसेवी गंगाराम गोम्देन लगायतकाले मन्तव्य राखेका थिए ।

