‘प्रचण्ड’ पुत्री रेणुलाई ‘नक… चरी, सडकमा नांगै हिड्न’ भनेपछि सामाजिक सञ्जालमा यस्तो भाइरल

चितनव । भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ । वडा नम्बर १९ को मत गन्ने समयमा मतपत्र च्यातिएपछि विवाद सुरु भएको थियो ।

नेकपा एमाले र प्रहरीले माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको प्रतिनिधिले च्यातेको अारोप लगाइरहेका छन् भने माओवादी केन्द्रले एमालेले च्यातेको दाबी गर्दै अाएको छ । मत पत्र जसले च्यातेपनि मत गणना भने स्थगित छ ।

यसैबीच एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीले सामाजिाक सञ्जालमाले लेखेको स्टाटस भइरल भएको छ ।

स्थानीय एक पत्रिकाले ‘मैले जित्न लागेपछि एमालेका साथीहरु अात्तिनु भो’ रेणु दाहालको भनाईलाई शिर्षकको बनाएर समाचार प्रकाशित गरेको छ । ‘थुइक्क नकचरी, नांगै हिड्नु सडकमा बारु’ स्टाटस लेखेर उक्त समाचार निरबले सेयर गरेका छन् । यही स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को अालोचना गरेका छन् ।

यी हुन् रेणुलाई अश्लील शब्द प्रयोग गर्ने निरब
मत परिणाम जे सुकै भएपनि महिलालाई अश्लील शब्द प्रयोग गरिएको भन्दै निरबलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरिएको छ । चारैतिर अालोचना हुन थालेपछि निरबले उक्त स्टाटस हटाएका छन् तर अालोचना भने रोकिएको छैन ।

चुनावको परिणाम जे भएपनि अबेगमा नअाउन ज्ञवाली परिवारलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अाग्रह गरेका छन् ।
यस्तो छ निरबको स्टाटस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖