देउवा ज्यू ! प्रधानमन्त्री पद श्रीमतीको पेवा हो र ?

– जम्बला लामा
२० वर्षदेखि स्थानीय तहको निर्वाचन हुन सकेको थिएन् । यो अवधिमा जनताले धेरै दुःख पनि पाए । तर, २ करोड ८० लाख जनताको यो दुःख प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हिम्मत र साहसले दुर भएको छ । अर्थात स्थानीय तहको पहिलो चरणको निर्वाचन सफल हुँदा जनताले २० वर्षपछि आफ्ना प्रतिनिधि पाएका छन् । सिंहदरबारको सरकार गाउँमा आएको अनुभुति गरेका छन् ।

यद्यपी प्रधानमन्त्री दाहालले यदि राजीनामा दिए भनेपनि देउवाले प्रधामन्त्री पद पाइहाल्छन भन्ने निश्चित छैन् । किनभने यो प्रधानमन्त्री पद शेरबहादुर देउवाको श्रीमतिको पेवा त होइन नी ? यो ६०१ सांसदले चुनेर पठाउनुपर्ने पद हो । अर्थात् राष्ट्र सेवाको गरिमा पद हो । सजिलो साथ देउवाले पाउनेवाला छैनन् ।

ऐतिहासिक निर्णय १ अर्थात् २०७२ सालमा संविधान जारी गर्नुमा पनि प्रधानमन्त्री प्रचण्डको ठूलो हात रहेको जनसमुदायलाई थाहा भएको कुरा हो । त्यस बखत प्रचण्डले अलि पछाडी हटेको भए नेपाली काँग्रेसको जीत हुन्थ्यो अर्थात् काँग्रेसलाई संविधान निर्माण हुनु भन्दा सदैंव वर्षभर सरकार चलाउन पाए पुग्थ्यो, संविधानको कुनै मतलब थिएन ।

यदि काँग्रेसले स्थानीय निर्वाचन गराउन चाहेको भए पटक–पटक प्रधानमन्त्री भएका देउवाले आफू प्रधानमन्त्री हुँदा किन चुनाव गराएनन् ? यदि राष्ट्रलाई विकासको बाटोमा डोराउन इच्छा भएको भए देउवा आफै प्रधानमन्त्री भएको बेलामा नै स्थानीय निर्वाचन गर्नसक्थे । त्यतिबेला भएको शक्ति किन परिचालन गरेनन् ? यी प्रश्नले नेपाली काँग्रेसमा खोट भएको देखिन्छ । जसको परिणाम अहिले देखिइरहेको छ । यही कारणले नै हालको निर्वाचनमा काँग्रेस कमजोर देखिएको प्रष्ट छ ।

त्यसका अलावा प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण र आईजीपी काण्डका कारणले पनि कांग्रेसको चुनावी नजिता खस्किएको छ । हालै मात्र भएको स्थानीय तहको चुनावको नतिजाहरुबाट कांग्रेसले हार खाएको महसुस २ करोड ८० लाख जनसमुदायलाई भइरहेको छ ।

हामीले धेरै धर्म गरेता पनि जानाजानी एउटा पाप गर्यो भने त्यसले सबै धर्म नष्ट हुन्छ भनी गीता दर्शनमा उल्लेख गरिएको छ । नेपाली राजनीतिमा पनि अहिले यस्तै भइरहेको छ । नेपाली कांग्रेसले २००७ सालदेखि धर्म गर्दै आएकोमा अहिले सभापति शेरबहादुर देउवाले पाप गरेर नाश गरिरहेका छन् । चुनावमा कांग्रेस कमजोर हुनुलाई यसको उदाहरण मान्न सकिन्छ । अब पनि कांग्रेस सभापति देउवाले बुद्धि पुर्याएन भने दोस्रो निर्वाचनमा पनि उनको पार्टीले हारको सामना गर्नुपर्नेछ । यद्यपी हारेर पनि जितेका माओवादी केन्द्रको अध्यक्ष प्रचण्डलाई भने धन्यवाद व्यक्त गर्दछु ।

प्रधानमन्त्रीको राजीनामा प्रकरण

प्रधानमन्त्री दाहालले यसै हप्ताभित्र राजीनामा दिने घोषणा गरे । तर, जनतालाई लाग्छ यस्तो अवस्थामा राजीनामा होइन् प्रचण्ड दोस्रो स्थानीय निकायको चुनावलाई सफल पार्नु पट्टी लागेमा धेरै राम्रो हुनेछ । अर्कोतिर कांग्रेस सभापति देउवालाई छाती पोलिरहेको छ । देउवालाई आफूले नौं महिना कार्यकालको लागि सम्झौता गरी दिएको प्रधानमन्त्री पदको म्याद समाप्त भएको भनी देउवाले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दवाव समेत दिइसकेका छन् ।

यद्यपी प्रधानमन्त्री दाहालले यदि राजीनामा दिए भनेपनि देउवाले प्रधामन्त्री पद पाइहाल्छन भन्ने निश्चित छैन् । किनभने यो प्रधानमन्त्री पद शेरबहादुर देउवाको श्रीमतिको पेवा त होइन नी ? यो ६०१ सांसदले चुनेर पठाउनुपर्ने पद हो । अर्थात् राष्ट्र सेवाको गरिमा पद हो । सजिलो साथ देउवाले पाउनेवाला छैनन् । यसमा पनि प्रक्रियाद्वारा नै कार्यान्वयन अगाडि बढाउनु पर्नेछ । अर्थात् नियमपूर्वक हुनु पर्दछ, संविधान संवाद । यो देउवा र प्रचण्डको मात्र खेलाउने खेल होइन । राजीनामा आएपछि सभामूखद्वारा वैधानिक पाउनको लागि विपक्षी पार्टीलाई पनि प्रधानमन्त्री चुन्ने प्रक्रियामा सामेल गराउनुपर्छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्रीमा आफ्नो उम्मेदवार उठाउने तयारीमा छ । यदि विपक्षीबाट प्रधानमन्त्रीको दावी आयो भने सभामूखद्वारा निर्वाचन प्रक्रिया घोषणा हुनेछ । त्यतिखेर प्रधानमन्त्रीले राजीनामा दिएपनि देउवाले सजिलोसँग पद पाउने देखिदैन ।

यदि काँग्रेसले स्थानीय निर्वाचन गराउन चाहेको भए पटक–पटक प्रधानमन्त्री भएका देउवाले आफू प्रधानमन्त्री हुँदा किन चुनाव गराएनन् ? यदि राष्ट्रलाई विकासको बाटोमा डोराउन इच्छा भएको भए देउवा आफै प्रधानमन्त्री भएको बेलामा नै स्थानीय निर्वाचन गर्नसक्थे । त्यतिबेला भएको शक्ति किन परिचालन गरेनन् ? यी प्रश्नले नेपाली काँग्रेसमा खोट भएको देखिन्छ । जसको परिणाम अहिले देखिइरहेको छ । यही कारणले नै हालको निर्वाचनमा काँग्रेस कमजोर देखिएको प्रष्ट छ ।

प्रथमतः हाललाई राजीनामा रोक्नुपर्ने अवस्था आएको छ । बीचमा प्रधानमन्त्री फर्ने वित्तिकै दोस्रो स्थानीय तहको निर्वाचनलाई गडबड हुनसक्ने सम्भावनाहरु देखापर्छ । त्यसैकारणले गर्दा देउवालाई पदको लोभ भन्दापनि २० वर्षपछि हुन गईरहेको स्थानीय निर्वाचनलाई मध्येनजर गरी पहिलो चुनावमा जस्तै एकता भई दोस्रो तहको स्थानीय चुनावलाई पनि सफल पारी समृद्ध नेपाल निर्माण गर्न लागेमा राष्ट्रको नै भलो हुनेछ भन्ने सुझाव पेस गर्दछौं ।

कांग्रेसभित्र हार्ने त्रास

सायद देउवालाई अब आउने जेठ ३१ गतेको चुनवमा पनि पहिलो तहको चुनाव जस्तो परिणाम आउनेछ की भन्ने त्रास भएको महशुस भएको छ । त्यस्तो त्रासलाई मन्छाएर देउवाले अगाडि बढ्ने हिम्मत गरेर काँग्रेसको लाज राख्न सक्नु नै देउवाको आफ्नो कोटमा बल छ, त्यो बल निकालेर निर्वाचनमा जानु अति राम्रो हुनेछ भन्ने जनसमुदायको बिचार हो ।

निर्वाचित प्रतिनिधिलाई सुझाव

हालै मात्र तीन प्रदेशको ३, ४ र ६ बाट निर्वाचित भएर आएको जनप्रतिनिधिहरुलाई सर्वप्रथम बधाई र सुझाव पनि गर्दछौं । लामो समयपछि राष्ट्रमा स्थानीय तहको चुनाव सम्पन्न भयो र तपाईहरुले जनताको मन जितेर निर्वाचित पनि हुनुभयो । देशको स्थानीय तहमा निर्वाचित राजनैतिक नेतृत्व नहुँदा कितसम्म भाँडभैलो भएको थियो र धेरै दुःखको कुरा पनि हो । त्यो समय तपाई हामीले देखिरहेका नै छौं । अव विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र विभिन्न गाउँपालिकामा निर्वाचित प्रतिनिधिको नेतृत्व पाएको छ र जनताले विश्वास गरेर तपाईहरुलाई स्थानीय सत्ताको बागडोर सुम्पिएका छन् । अवको प्रतिनिधिद्वारा जनताको भरोसा नतोडिने गरी स्थानीय स्तरको विकास निर्माण काममा लाग्नु तपाईहरुको दायित्व हो ।

यतिखेर स्थानीय स्तरको विकास निर्माणहरु लथालिंग भईरहेको छ । सडकको अवस्था अत्यन्त कमजोरी रहेको छ र खानेपानीको अवस्था पनि गम्भिर स्थिति छन् भने अन्य विकासहरुमा पनि कर्मचारीको मनलागि ढंगबाट योजना वाँडफाँड गरेर विकास योजनाको रकमहरु हिनामा मिना गरेर भ्रष्टाचार भईरहेको अवस्थाहरु छ । त्यस्तो अवस्थाको विकास योजनाहरु कहाँ कति भएको छ । त्यसलाई पनि तपाईहरु नयाँ प्रतिनिधिहरुले मूल्याङ्कन गरी कति सफल कति असफल भएको छ भनि लेखाजोखा गर्नुहोला भनि नागरिकले सुझाव गर्दछौं ।

अन्तिममा:
हाम्रो देश नेपालमा लालकिल्लाको गढ भएको जनबिचार हो । अर्थात् पहिलो चरणको निर्वाचनमा कम्युनिष्ट निकटको पार्टीहरुले वर्चश्व कायम गरी गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रहरुमा एमाले, माओवादी, जनमोर्चा र किसान पार्टीकोजस्तो राष्ट्रिय पार्टीहरुले आ–आफ्नो वर्चश्व कायम गरेको जनसमुदायलाई महशुस भएको छ ।

कमसेकम नेपालमा यी कम्पुनिष्ट विचारधाराहरुको पार्टीहरु एकता भई २५ वर्षसम्म नेपालको सरकार चलाई समृद्ध नेपाल बनाउनको लागि हिम्मत गर्यो भने त्यो सफल हुन्छ भन्ने जनविचार हो । नत्र म म नै हो तिमी तिमी नै हो भन्ने बिचार आयो भने हाम्रो राष्ट्र नेपाल भोलिका दिनमा कहाँ पुग्नेछ त्यो समयले बताउनेछ ।

म ठूलो पार्टी, मेरो बढी मत, तेरो मत कम छ, तभन्दा म ठूलो भन्ने घमण्ड नगरिकन मिलीजुली एकता भई राष्ट्र निर्माणमा लाग्नु नै सबै पार्टीको भलो हुनेछ भन्ने जनविचार हो । यस्तो विचार हुनुलाई ऋषि मन हुनुपर्दछ । अस्तु ।

(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन्, हाम्रो दमकबाट ।)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।