प्रमुख निर्वाचन आयुक्तलाई खुलापत्र- ‘डा. सा’प ! कति बिटो समाएर पुन: मतदानको निर्णय लिनुभयो ?’

आदरणीय
प्रमुख निर्वाचन आयुक्तज्यू,
नमस्कार !

समय तपाईंकै छ । रवाफ तपाईंकै छ । जे मन लागो त्यो गर्दा हुन्छ । जनताको मतको घाँटी निमोठेर जे गरेपनि हुने रहेछ । कसैलाई जिताउन वा हराउन पिसाव फेर्न जाने नाटक गरेको अव छरपष्ट सबैले बुझे । मैलेपनि बुझें । आज कुनै पार्टीको कार्यकर्ता भन्दापनि आम नागरिक भएर निकै हिनताबोध भएको छ मतदाता हुनुमा । खै मेरो मतको सम्मान । खोइ मेरो मतको इज्जत । मतपत्र त च्यातियो नै ! तपाईंको पुन: मतदान गर्ने निर्णयले तपाईंप्रतिको विश्वास नै च्यातियो ।

हामी बुझ्छौं तपाईंको पीडा, तपाईंको आस्था । अवका दिनमा माओवादी- कांग्रेसकै सरकार आउनेछ र त्यहाँ जागिर बचाउनपनि तपाईंले उनीहरुको पक्षमा निर्णय गर्नुभयो । नियम र ऐनको अपवाख्या गरेर पुन: मतदान गर्ने निर्णय गर्नुभयो । सबैले बुझेका छन् प्रचण्डको पुत्रीको ठाउँमा अरु कोहि भइदिएको भए तपाईंको निर्णय अर्कै हुन्थ्यो ।

मतको सम्मान खै ? कहिलेसम्म गर्नुहुन्छ चुनाव ? अर्को चुनावमा अव हार्ने भन्ने बित्तिकै मतपत्र च्यात्ने चलन चल्नेछ । प्रतिनिधि बसेरमात्र मत गन्नुपर्ने भएकाले कसैलाई नराख्न सम्भवपनि छैन । मतपत्र च्यात्न हात भए पुग्छ, अरु केहि चाहिंदैन । अनि कस्तो नजीर बसाउन खोज्दैहुनुहुन्छ ? कति पर सम्म सोचेर यस्तो निर्णय गर्नुभयो ?

तपाईंलाइ राम्रोसंग थाहा होला, तपाईंको यो निर्णयले अव अर्को चरणको निर्वाचनमा कति समस्या आउँछ भनेर । तपाईंलाइ यो पनि थाहा होला, तपाईंको यो निर्णयपछी तपाईंलाइ हेर्ने दृष्टिकोण कति परिवर्तन भयो होला जनताको ? सत्य त एउटा न हुन्छ । जुन छिट्टै उदांगो हुनेछ । र नांगिनेछ तपाईंको स्वाभिमान ! छिट्टै नै !

माफ गर्नुहोला डा. सा’प नसोधौं भन्दापनि सोध्न मन लाग्यो, ‘आखिर कति बिटो समाएर पुन: मतदान गराउने निर्णय गर्नुभो !’ याद गर्नुहोला पाप धुरीबाट कराउनेछ ।

चितवनको एक मतदाता

(यो लेखकको नीजी बिचार हो । – सम्पादक / अर्थस्रोकारबाट]



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।