धनकुटाका भुकम्प पीडितलाई २२ लाखको कृषि सामाग्री बितरण
धनकुटा खबर, जेठ २१ । धनकुटाका रातो परिचय–पत्र प्राप्त भुकम्प पीडित किसानहरुलाई ९० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्रीहरु वितरण गरिएको छ ।

कृषि मन्त्रालयको राष्टिय पुनःनिर्माण कोष मार्फत् प्राप्त जिल्ला कृषि बिकास कार्यालयले ७३ जना पिंडित कषकलाई बिभिन्न ६ प्रकारका १ सय ४६ थान कृषि औजार तथा सामाग्रीहरु वितरण गरेको हो ।
कार्यालयले ४ लाख २९ बरावरको ६ वटा जमिन जोत्ने मिनी टिलर(टेलर),१ लाख ७५ हजार बराबरको ५ वटा धान तथा गहुं झार्ने थ्रेसर मेसिन,१ लाख ७८ हजार ५ सय बराबरको १० वटा कर्ण सेलर मेसिन बितरण गरेको छ ।

त्यस्तै कार्यालयले ५ लाख ८२ हजार ९ सय ६० बरावरको ४२ थान प्लाष्टिक पोखरी बनाउने सामाग्री र ७ लाख १ सय २८ बराबरको २ हजार २ सय ४४ थान बिउबिजन भण्डारण गर्ने हार्भेष्टिङ्ग ब्याग र १ लाख ९३ हजार ३ सय बरावरको १० थान थोपा सिंचाई सामाग्री वितरण गरेको कार्यालयका प्राबिधिक सहायक राजिव कुमार पाख्रिनले जानकारी दिनुभयो ।
आवेदन परेका सम्पूर्ण ७३ पिंडितहरुलाई आवश्यकताको आधारमा कुल २२ लाख ५८ हजार ८ सय ८८ रुपैंया बरावरको सामाग्री वितरण गरिएको कार्यालयल प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिनुभयो ।
हाल धनकुटामा राष्टिय पुनःनिर्माण प्राधिकरणद्वारा प्रमाणित भुकम्प पिंडित अनुदान पाउनेको संख्या २ हजार ७ सय ९६ घरधुरी रहेको जिल्ला समनवय समिति धनकुटाले जानकारी दिएको छ ।

तस्वीर: जमिन जोत्ने मिनी टिलर बारे जानकारी दिंदै कार्यालयका प्राबिधिक


