झापामा नेपाली काँग्रेस जनताको घरदैलोमा !

मेचीनगर, नेपाली काँग्रेस मेचीनगर वडास्तरीय, टोलसभा, चुनाव प्रचार–प्रसारसहित घरदैलो अभियानमा जुटेको छ ।

सोमवार घरदैलो अभियानको क्रममा काँग्रेस मेचीनगर नगरपालिकाक मेयर पदका उम्मेद्वार बिमल आचार्य, उपमेयर पदका उम्मेद्वार दुर्गा खतिवडा लगायत वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वार भोट माग्न जनताको घरदैलो कार्यक्रममा जुटेका हुन ।

काँग्रेसले मेचीनगर वार्ड नं ११ बाट शुरु गरेको घरदैलो अभियान मेचीनगर ७ मा विभिन्न राजनीतिक दलका ५५ जनाले पार्टी प्रवेश गर्दे चुनावी सभा सम्पन्न भएको छ । यसै बीच उम्मेद्वारहरुले मेचीनगर इशाई समाजको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा समेत सहभागीता जनाएका थिए ।

प्रचार–प्रसार कार्यक्रममा काँग्रेसका शुभचिन्तक, समर्थकसहित सयौं कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।