‘कुनैबेला टाउकाको मुल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन बिचारको आधारमा एक भए ?’ : डा. सुन्दरमणी दिक्षित (भिडियोसहित)
मोदीले नेपाललाई हेर्ने दृस्टीकोण फरक छ ,देश विकास,निकास,सन्धि सम्झौता गर्न देउवाले रणनैतिक कदम चाल्नु पर्छ ।
डाक्टर सुन्दरमणी दिक्षितले मुलुक सिद्धान्त र बिचारका आधारमा चल्नुपर्ने बताएका छन्। पछिल्लो चरणमा काँग्रेस र माओवादीबीचको गठबन्धनबाट नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल बिचारको हिसाव भन्दापनि सत्ताको लोभबाट बनेको उनको गुनासो छ । उनलेभ ने,‘यसले मुलुकलाई सहज अवस्थामा पुर्याउँदैन, कुनैबेला टाउकाको मुल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन बिचारको आधारमा एक भए?, यसभित्र ठुलो रहस्य छ, सत्ता हत्याउने र परिवारलाई निर्वाचनमा जिताउनको लागि मात्रै हो।’
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि देउवा र प्रचण्डलाई मधेशमा गएर त्यहाँका जनताको आवाज सुन्न समेत उनले सुझाव दिए ।त्यस्तै दिक्षितले भारतसँगको सम्बन्ध जतिसक्दो चाँडो सुल्झाउनुपर्ने बताए। उनले भने,‘देउवाको सामुन्नेमा भारतसँगको सम्बन्ध सुधार गर्नु अर्को चुनौति छ, अब भारतसँग निर्वाचनमा लड्ने पैसा माग्ने होईन।
सत्तामा बस्नकोलागि शीर निहुराउने होईन, अरुले जे भनेपनि भारतका प्रधानमन्त्री मोदीले नेपाललाई हेर्ने दृष्टिकोण निक्कै फरक छ, उनको पालामा हाम्रो देशले विकास, निकास, सन्धि सम्झौताजस्ता कार्यको सवल उपचारको लागि देउवाले रणनैतिक कदम चाल्नुपर्छ।
https://youtu.be/afnMSJ3b3TU


