‘के महिला प्रयोगको साधन मात्र हुन त ? हाम्रा दाजुभाई किन यी अपराध र अपराधी विरुद्ध बोल्दैनन ?’

नारीअधिकार , बालअधिकार प्राप्त र लागु गर्न कठीन र मुस्किल छ ।

दिनहुँ बालिकाहरु बलात्कार हुँदै मारिएका छन ,अनि राज्य कानमा तेल हालेर बसेको छ ।
अचम्म त त्यती बेला लाग्छ जब देशका ठुला मिडियाहरु घटनालाई अतिरञ्जित पार्न खोज्दछन् , माडी घटना यसको प्रमाण हो ।
कान्तिपुर जस्तो ब्रान्ड मिडियाले बलात्कार पुष्टि नभएको समाचार जुन प्रकाशित गर्‍यो , यसले पुष्टि गर्‍यो कि अझै हामी पितृसत्तात्मक राज्य भित्रको लैङ्गिक विभेदमा छौ ।

एउटा नारी घरबाट बजार पुग्दा , आफ्नो इज्जत र पहिचान गुमाएर घर अाइपुग्नु पर्ने र अझै परिवार समाजबाट तिरष्कृत हुनु पर्ने जुन अवस्था आज देखा परेको छ त्यो विडम्बनाको बिषय हो ।

बलात्कारको शिकार हुने जुन सुकै महिला पनि त्यो कसैको आमा , कसैको छोरी र कसैको बुहारी हो , हाम्रा दाजुभाई किन त्यो अपराध र अपराधी विरुद्ध किन बोल्न सक्दैनन ?

के महिला प्रयोगको साधन मात्र हुन त ?

आमालाई जब सम्म हामीले बुझ्न सक्दैनौ तबसम्म नारी अस्तित्वको पक्षमा हामी लड्न सक्दैनौ ।
महिलाले गर्ने घरयासी कामलाई अनुत्पादक कामको रुपमा जसरी हेरिन्छ त्यो नितान्त गलत नजिर हो ।
जुन काम महिलाले घरमा बसेर गर्न सकेका छन के त्यो पुरुषले गर्न सक्छन ? श्रमको समान बितरण अन्तर्गत नै महिला र पुरुष समान हुनु पर्ने होइन र ?

पुरुष बिनाको समाज हामीले खोजेको पनि होइन तर समानतामा आधारित समाजको निर्माण आजको अनवश्यकता हो ।
रोचक त यती बेला लाग्छ मलाई , जती बेला हामीले महिला हिंसा बन्द गरौ भनेर नारा लगाउछौ तब राजनैतिक दबाब तिब्र आउन पुग्दछ र अपराधी रिहा हुन्छ ।

अपराधीलाई राजनैतिक संरक्षण कहिले सम्म गर्ने हो ? अपराध अपराध नै हो ,राजनीतिमा जबसम्म अपराधीक मानसिकता मतियारहरुलाई भोट् बैंकको रुपमा प्रयोग गरिन्छ तबसम्म महिला अधिकारको ग्यारेण्टी हुन सक्दैन ।

माडी घटनामा मैले अपराधीलाई कारबाही हुनुपर्छ भन्दा राजनैतिक पार्टीका नेताहरुको निद हराम भो र म उनिहरुको आँखाको कसिङ्गर बन्न पुगे ।

उहाहरुलाई मान्छे मार्दा छुट हुनु पर्छ भन्ने लागेको होला तर म कानुनको शासन , विधि , पद्धति र न्यायमुलक समाज स्थापना हुनुपर्छ भनेर लागेकी एक महिला हुँ ।

तपाईंहरुले गलत गर्दै जाने र मैले समर्थन गर्ने भन्ने हुँदैन ।

अबोध बालबालिकाहरु दिनहुँ बलात्कार पश्चात् मारिदा प्रशासन मौन र निकम्मा बनेको छ ।
दिन प्रतिदिन यस्ता घटना बढ्दो छ, अब पनि हामी नबोले र अभियान अगाडि नबढाए देश अपराध कै सेरोफेरोमा घुम्ने छ । देशमा च्याउ झै उम्रेका संस्था र आयोगहरु डलर मात्र खान जन्मेका हुन कि आवाज पनि उठाउछन ? मैले उत्तर खोजेकी छु र उत्तर चाडै प्राप्त होला भनि आशा पनि छ ।

बालिकाको हत्यामा चुइक्क बोल्न नसक्ने यस्ता कायर संस्थाहरु तुरुन्त बन्द गरियोस ।
कमाइ खाने हो भने व्यापार गरियोस तर समाज सेवाको नाममा डलर कमाउने धन्दा बन्द गरियोस ।
हक अधिकारकै पक्षमा वकालत गर्ने संस्थाहरुले माडी घटनाको निष्पक्ष छानवीन गरुन यहीँ शुभकामना ।

जयनारी !

सावित्री सुवेदी (सगरमाथाकी छोरी)

– सामाजिक संजाल लगायत बिभिन्न माध्यमबाट ”जयनारी” भन्दै महिला अधिकार , बालअधिकार लगायत सामाजिक विभेद बिरुद्ध लागिरहेकी एक नारी हुन सावित्री सुबेदी, फेसबुकमा पुरुषहरु बिरुद्ध आगो बाल्ने पोस्टहरु लेख्नमा चर्चित पनि छिन र यसले सुबेदीलाई कहिले काँहि विवादमा पनि ताने गरेको छ | – पानाखबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।