धनकुटा जिल्लाका ६ जना द्धन्द्ध पीडित परिवार सम्मानित

धनकुटा खबर, ७ असार । स्थानिय शान्ति समिति धनकुटाले जिल्लाका ६ जना द्धन्द्ध पिडित परिवारलाई मंगलवार सम्मान गरेको छ । जिल्ला स्तरिय सरोकारवालासँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ६ जना मृतकका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अधिकारी प्रेमप्रकास उप्रेती चौविसे गाउँपालिका स्थित मुडेवासका द्धन्द्ध पिडित सहविर विश्वकर्मालाई सम्मान गर्दै

यसरी सम्मानित हुनेहरुमा चौविसे गाउँपालिका स्थित मुडेबासका सहविर विश्वकर्मा,खाल्सा छिन्ताङ्ग सहिदभुमि गाउँपालिकाका तिर्थरत्न राई,श्यामकुमारी राई,धनकुटा नगरपालिका ३ का ईन्दिरा नेपाल,वेलहराका अम्वर बहादुर तिवारी,महालक्ष्मी नगरपालिका स्थित जितपुर निवासी लक्ष्मी माया विश्वकर्मा रहनुभएको छ ।

उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती,स्थानिय शान्ति समिति धनकुटाका संयोजक टिकादेवी भण्डारीले संयुक्त रुपमा जनही नगद २ हजार ५ सय र दोसल्ला प्रदान गरि सम्मान गर्नुभएको छ ।

द्धन्द्धको समयमा परिवारको सदस्य गुमाएका परिवारलाई केही राहत मिलोस भन्ने उद्देश्यले सम्मान गरिएको वताईएको छ । सो अवसरमा स्थानिय शान्ति समिति धनकुटाले यस आर्थिक वर्ष शान्ति प्रर्वद्धन अभियान अन्र्तगत गरेका कार्यहरुको वारेमा जानकारी गराईएको थियो ।

स्थानिय शान्ति समिति धनकुटाका संयोजक टिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय शान्ति समितिका सदस्य दोर्णप्रसाद गुरागाईले चालु आर्थिक वर्ष २०७३÷७४ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत गरिएको कार्यक्रमहरुको वारेमा जानकारी गराउनुभयो । सो अवसरमा सदस्य गुरागाईले जिल्लाका सातवटै स्थानिय तहमा गाउँ तथा नगर स्तरिय शान्ति समितिका सदस्य तथा द्धन्द्ध पिडितहरु बिच अभिमुखिकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको वताउनुभयो ।

सो अवसरमा सहभागिहरुले शान्ति समितिको स्थापना भएपछि द्धन्द्ध पिडित परिवारले केही राहतको महसुस गरिरहेको भएपनि शान्ति समितिको कार्यक्रम अन्तिम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शान्ति समिति नरहेपछि राहत तथा पुनस्थापना हुन वाँकी रहेका द्धन्द्ध पिडितको अवस्था के हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,द्धन्द्ध पिडित लगायतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।