दार्जीलिङ् बासीले नेपालको भूभागलाई भारतस‌ँग गोर्खाल्याण्ड माग्नेकाम गर्नु उल्टो भएन र !

गोर्खाहरुलार्इ भारत सरकारले भारतीय नागरिकता दिएको छ । उनीहरु नेपाली होइनन यो कुरा साँचो हो । तर मेची पूर्व टिष्टा पश्चिमको भूभाग हाम्रो हो अर्थात नेपालको हो भारतको होइन । भारतले अाफ्नो बनाउन सकेको छैन ।

बनाउन नसक्ने कारण भनेको नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ८ हो । यो नेपालका हितमा भएको सन्धिलार्इ नेपालका भारतभक्त शासकनेताहरु र केही भारतीय दलालहरुले असमान सन्धि भन्ने गरेका छन ।

तर भारतको सुप्रिम काेर्टले उक्त भूभाग भारतको हो भन्न नसकेकाले यी भूभागहरु नेपालका हुन भन्ने कुरा भारतले नै पुष्टि गरेको छ | अनि दार्जीलिङ्का बासिन्दाले भारतस‌ग गोर्खाल्याण्ड माग्नेकाम गर्नु भनेको उल्टा काम भएन र ?

तथ्य र प्रमाणका अाधारमा गोर्खाल्याण्ड माग्दा नेपालस‌ग माग्नु पर्ने हो ? तर उल्टा “चोर डाँटे कोतवाल को” पो भइरहेको छ त्यसैले हामी नेपाली नागरिकहरुले तथ्य र प्रमाणका अाधारमा सजग हुने बेला अाएको छ ।

नेपाल भारत मामिला जानकार डीराज कोइरालाको फेसबुकबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।