गृहमन्त्री ज्यु ! कहिलेसम्म सुन तस्कर र हत्याराहरु छाती फुलाएर हिड्ने छन् ?
माननीय गृहमन्त्री जनार्दन शर्मा ज्यु अभिवाद छ!गृहमन्त्री ज्यु सर्वप्रथम म तपाईं ले गृहमन्त्री मन्त्री समाल्ना साथ ! तपाईं ले गरेको केही निर्णय हरुको म खुलेर समर्थ गर्दछु!जुन काठमाडौंमा पैदलयात्रुले जथाभावी सडक पार गर्दा काठमाडौं को ट्राफिक प्रहरीले पैदलयात्रु बाट जरिवाना! असुल्दै आएको २०० सय रुपैयाँको सर्वत्र बिरोध पनि भएको थियो! र तपाईंको एकतर्फी निर्णयले त्यो २०० सय रुपैयाँ जरिवाना लाई हटाउनु भयो! यसको लागि म तपाईं लाई सलाम गर्दछु!

र अब कुरा गरौँ देसमा घटेका अन्य अपराधिक घटनाहरु का मुख्य नाइके हरुको! तपाईंको पाटि का नेता तथा पुर्व सभासद! बालकृष्ण ढुङ्गेल लाई के मेरो देसको कानुन ले कारबाही नगर्नु भनेको छ र? गृहमन्त्री ज्यु होइन भने निज लाई तपाईंको हिम्मत छ? र देस र जनताका लागि तपाईं गृहमन्त्री हुनुभएको हो भने देखिन तपाईं ले उसलाई कारबाही गरेर देखाउनुस्? तपाईं लाई म जस्तै लाखौं नेपाली जनता हरुले सलाम गर्नेछन्!र त्यो भोलि को सुनौलो इतिहासमा तपाईंको नाम लेखिएको हुन्छ! यस्तै कुरा गरौँ पहिलो चरणको निर्वाचनको मिति नजिकै आएको थियो!
दोलखा जिल्लामा नेकपा एमालेले चुनावि प्रचारप्रसारका कार्यक्रम सुरुवात गर्दै थियो!त्यहीँ बखत नेकपा एमाले का एकजना कार्यकर्ता लाई तपाईंको! पाटिका पुर्व मन्त्रि तथा पुर्व सभासद देवि खड्का को नेतृत्वमा रहेको टोलीले एकदमै बीभत्स तरिकाबाट हत्या गरेको सबैलाई थाहा छ!त्यो घटना घटेको केही समयपछि त्यहाँ प्रहरी प्रमुख ले पुर्व मन्त्री देवी खड्का!
सहित ३९ जना माअोवादि केन्द्र का कार्यकर्ता का बिरुद्ध मा हत्याको आरोपमा मुद्दा चलाए!तर त्यो मुद्दा चल्नु अगावै सबैजना भागेको खवर पनि सुन्न मा आएको थियो!हत्याको आरोप लागेका आरोपि लाई मुद्दा चलाएको उल्टै आरोप लगाएर गृहमन्त्रालय ले निज दोलखा! प्रहरी प्रमुख लाई प्रहरी हेडक्वाटरमा सरुवा गराइएको खवर बाहिर आयो!
यसमा के देखियो भने देखिन देसमा कानुन लाई पालना गराउने इमानदार प्रहरीलाई कारबाही हुने प्रस्ट देखियो!यस्तै हिजो मात्रै पश्चिम नेपाल को एक जिल्लामा मा युवा संघका एकजना नेतालाई! तपाईंको पाटिका कार्यकर्ताले सुनियोजित ढङ्गले निर्घात रुपमा कुटपिट गरिएको छ!यो घटनाले पनि के देखिन्छ भने देखिन के देसमा प्रहरी प्रसाशन हरु छन्? भन्ने देखिन्छ यस्ता घटनाका दोषीमाथि किन कारबाही हुदैन? गृहमन्त्री ज्यु? चाहे जुनसुकै पाटिका कार्यकर्ता किन नहुन उनिहरु ले अपराध गरेपछि स्वतह अपराधि हुन्छन्!उनिहरु लाई कानुनको कठघरामा मा ल्याउने काम कसको हो?
गृहमन्त्री ज्यु? सत्ताको बलमा अपराधिक गतिविधिमा रहेको जुनसुकै ब्यक्तिलाई पनि कारबाही हुनुपर्ने होइन र?गृहमन्त्री ज्यु? यस्तै आजको कान्तिपुर दैनिमा छापिएको समचार को शिर्षक छ! अपराधिहरु धमाधम धरौटि मा रिहाइ हुदैन भनेर!यसलाई पनि मैले राम्रोसँग पढेर र यहाँ केही लेख्ने बिचार गरेको छु!तत्कालीन सिआइबि प्रमुख नवराज सिलवालले! ३३ केजि सुन तस्करीको आरोपमा रङ्गेहात पक्राउ परेका ३ जना ब्यक्ति ले अन्य!
सुन तस्करहरु लाई पक्राउ गरेको थियो तर आज आएर यिनै ३३ केजि सुन तस्करहरु धरौटि मा! धमाधम रिहाइ भनेको सुनेर मलाई एकदमै दुखलाग्यो मेरो देसमा पावर र पैसाको अगाडि! कसैको केही चल्दैन भनेर यहाँ प्रस्ट देखिन्छ! आखिर कहिलेसम्म यसरी मेरो देसमा अपराधि तस्करी हरुले छाति फुलाएर निर्धक्क का साथ हिड्ने हुन?
गृहमन्त्री ज्यु? हालै केही दिन अगाडि सप्तरी जिल्ला को केही भागमा भारतको बाधको कारणले बाढीबाट सयौंको सङ्ख्या मा तराईका जनताहरु घरवाहार बिहिन भएका छन्! उनिहरु भोकै तिर्खै छन्! यसमा किन नेपाल सरकारले कानमा तेल हालेर बसेको छ? गृहमन्त्री ज्यु?यसको उतर कसले दिने हो? गृहमन्त्री ज्यु? अन्त्यमा जय देस, नेपाल आमाको जय होस् जय नेपाल उहीँ देसभक्ति छोरो!
छत्र लकाइ खड्का
हाल, मलेसिया, केलाङ!


