सोह्र करोडको मोटर माग्नेलाई कसैले विमानस्थलमा दैनिक आउने ३ जना युवकको शव देखाइदेओस्
राष्ट्रपति विधा भण्डारीको लागी सुविधासम्पन्न गाडि किन्न सरकार सँग १६ करोड माग गरिएको समाचार बाहिरिए सँगै त्यसको ब्यापक रुपमा विरोध र आलोचना भएको छ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले गरिब देशको जनताको राष्ट्रपतिलाई यत्रो महँगो गाडि किन्नु अस्वभनीय भन्दै निन्दा गरेका छन्। लाखौँ नेपाली जनताहरु आधारभुत आवश्यकताहरु बाट वन्चित छन्, तर नेपालको नेता र सत्तामा बसेकाहरुले गरिब जनताहरुको पिडा नबुझेर सत्ताको दुरुपयोग गरेको भन्दै कडा बिरोध गरेका छन्।
बिबिसी नेपाली सेवाका गनी अंसारीले यसरी ट्विट गरेका छन्-रु.१६ करोडको मोटर माग्नेलाई कसैले त्रिभुवन विमानस्थलमा दैनिक औसत तीनजना युवकको आउने शव देखाइदेओस् न। लज्जाबोध नभए पनि हीनताबोध हुन्थ्यो कि?
अन्सारीको उक्त ट्विट लाई थुप्रैले रिटुइट र लाइक गरेका छन्। – यस्तो छ ट्टिट

– पानाखबरको सहयोगमा


