आदिबासी जनजातीहरुको मौलिकता संकटमा पर्दै

पत्रकार प्रकाश पाक्साँवा

मानब बिकास सँगै आदीकाल देखी यहाँको भस्मे खुरीया फाड्दै मानब सब्यताको बिकास सँगै नेपाल मुभीमा बास स्थानको बिकास गर्दै आएका आदिबासी जनजातीहरुले आफ्नो मौलिकता संकटमा पर्दै आएको छ ।

भुमिपत्रको रुपमा मानिएका आदिबासी जनजातीहरुको भाषा, संस्कृती, रहनसहन, कला, संस्कृती, संस्कृती, परम्परा सँगै मौलिकतामा आफ्नै बिशेषता रहे पनि पछिल्लो समय आफ्नो पहिचान जगेर्नाको निम्ती अहिलेका युबाहरुले चासो नदिँदा यहाँका मौलिकता नै गम्ने अबश्थामा पुग्ने सम्भाबना बढ्दै गएको आदिबासी जनजाती अगुवाहरुले बताउँदै आएका छन । आदिबासी जनजातीहरुको आफ्नो पहिरनहरु पश्चिमी संस्कारमा धकेलिए सँगै यहाँको जनजातीहरुको पहिरहनहरु दिन प्रतिदिन संकटमा पर्दै आएको पाईन्छ । पुर्खाहरुले चलाउँदै आएको संस्कारहरु परिबर्तनको रुपमा नामेट पारी सँगै आफ्नो संस्कार संस्कृतीको बारे अहिलेका युबाहरु बेखबर रहेको पाईन्छन् ।

यहाँका लोक कला, संस्कृती संरक्षणका निम्ती आजको युबाहरुले चासो नदिए ईतिहासमा सिमित रहने देखीन्छ । प्रकृती पुजकको रुपमा मानिने आदिबासी जनजातीहरुको आफ्नो भाषा बिकासका निम्ती खासै चासो दिएको पाइन्दैन । आफ्नो अस्तीत्व र पहिचानको निम्ती आजको युबाहरुमा चेतनाको बिकास सँगै आ आफ्नो ठाँउबाट आजैबाट नलाग्ने हो भने आदिबासीहरुको भाषा कला संस्कृती एकादेशको कथा बन्न नसक्ला भन्न सकिन्न । राज्यले पछि पारे सँगै चेतनाको बिकास हुन नसक्दा आज आफ्नै आँखा अगाडी आफ्नो अस्मिता लुटाउन बाध्य भएका छन यहाँका आदिबासी जनजातीहरु शिक्षा लिनबाट बञ्चित गर्दै आएको यि समुदायमा अझै पनि कतिपय बस्तीहरुमा शिक्षाको उज्यालो देख्न नपाएकै कारण आफ्नो पहिचानको कुनै ज्ञान पाएका छैनन् ।

जानजातीहरुको भाषा कला संस्कृती संरक्षणका लागी दजनौ संघ संस्थाहरु स्थापना भएको भए पनि प्रभाबकारी बन्न नसक्दा दिनप्रतिदिन आफ्नो पहिचान र मौलिकतालाई गुमाउनु यहाँको बाध्यता बन्दै गएको छ । केही चेतना भएका युबाहरु रोजगार र प्रबासमा आफ्नै रोजिरोटीमा बाध्य रहँदै आएका छन ।

जनाजाती महांसघ स्थापना भएको दशककौ बिती सक्दा पनि कुनै कुनै जिल्लामा गठन भएपछि कुनै कृयाकलाप सञ्चालन गर्न नसक्नु बिडम्बना रहँदै आएको छ । बिभीन्न निकायबाट आदिबासी जनजातीहरुको लागी रकम बिनियोजन भए पनि प्रभाबकारी कार्यक्रम सञ्चाल गर्न नसक्नु आदिबासीहरुको लागी चुनौती थपिदै आएको देखीन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।