ओलीले टोपी लाउदै देखाए बाहुन र दलितको फरक रमाईलो स्टाईलमा – हेर्नुहोस भिडियो सहित
ओलीले भने,- म मैथिली र भोजपुरी मासेर हिन्दी भित्र्याउन तयार छैन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताउनुभएको छ । भुमिजा मानवअधिकार सङ्गठनले यहाँ तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उहाँले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताउनुभयो । “तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– अध्यक्ष ओलीले भन्नुभयो, “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।” उहाँले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी हो भन्नुभयो । “तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ”– अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुर्धाछौँ ।” थप भिडियोमा हेर्नुहोस्
https://youtu.be/WSo4yYgP8aU


