किन भाँडियो नयाँ शक्ति र फोरमबीचको एकता प्रयास ? यसो भन्छन् नेता (भिडियो सहित)

काठमाडौं, साउन ११ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता प्रयास विफल भएको छ । दुई पार्टीबीच एकता अन्तिम चरणमा पुगेपनि मूर्तरुप भने पाउन सकेन ।

पार्टीको नाम, पद र राजनीतिक मुद्दामा सहमति हुन नसकेपछि एकता प्रयास विफल भएको जनाइएको छ । पार्टी पदाधिकारी र पार्टीको नामका विषयमा कुरा नमिलेपछि तत्कालका लागि नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया टरेको हो ।

त्यस्तै, पार्टीभित्रको आन्तरिक व्यवस्थापन र कार्यदिशामा सहमति बन्न नसक्नु पार्टी एकता प्रयास विफल हुनुको अर्को कारण हो । त्यसो त पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा यी दुई पार्टीले तालमेलसमेत गरेका थिए । पार्टी एकीकरण प्रयास विफल भएपछि आगामी चुनावहरुमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको चुनावी तालमेलसमेत अन्योलमा परेको छ ।

पार्टी एकता अनिश्चित भएसँगै अब चुनावी तालमेल वा कार्यगत एकता के हुने भन्ने विषयमा दुबै दल निर्णयविहीन छन् । नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेल आफूहरु अग्रगामी कार्यदिशाका साथ अगाडि बढ्न खोजेको तर फोरम नेपालसँग कार्यदिशालगायतका विषयमा कुरा मिल्न नसकेको बताउँछन् ।

संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेकप्रताप शाहले नयाँ शक्ति नेपालको आन्तरिक समस्या, सांगठनिक संरचनालगायतका विषयमा कुरा मिल्न नसक्दा तत्काल एकीकरण हुननसकेको बताउँछन् ।

तत्काल एकीकरण हुन नसकेपनि एकीकरणको ढोका बन्द भने नभएको दुबै पक्षका नेताहरुको भनाइ छ । त्यसो त दुई पार्टीबीचको आचरण पनि फरक छ । संघीय समाजवादी फोरम नेपाल क्षेत्रीय र जातीय एजेन्डा बोकेर राजनीति गरिहेको छ । तर, नयाँ शक्ति नेपाल राष्ट्रिय राजनीति गरिरहेको र जातीय एजेन्डाइतरको दलकोरुपमा चिनिएको छ ।

यी दुई दलबीच एकीकरण भएपनि सबैभन्दा समस्यामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई नै पर्ने देखिन्छ । किनकि एकीकरणपश्चातको दल राष्ट्रिय वा क्षेत्रीय हुने या राजनीतिक हुने कि जातिय एजेन्डाइतरको हुने भन्नेमा नैतिक संकट पर्ने देखिन्छ ।

नयाँ शक्ति नेपालभित्रकै अधिकांश नेताहरु पार्टी एकीकरणको पक्षमा खुलेर लाग्न सकेका छैनन् । ईमेजखबरको यो भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।