‘के दिनमा जन्मेका रहेछौ नी गोर्खाली सेना, भारतको नुनको सोझो गर्नका लागि तिमी बली चढ्दै छौ’
छबीलाल न्यौपाने ले चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले खटायो ६ हजार गोरखाली सैनिक समाचारको कम्मेन्टमा लेखेको कुरा यहाँ हामीले जस्ताको तस्तै राखेका छौं जस्मा उनले निकै मर्मश्पर्शी साथै सन्देश मुलक भाव राखेका छन, यस्तो छ उनको भाव…

के दिनमा जन्मेका रहेछौ नी नेपाली गोर्खाली सेनाहरु जो भारतको पक्षपाती गर्न बाध्य छौ । भारतको नुनको सोझो गर्नका लागि बली चढ्दै छौ । कहिले मोदीले नेपाली जनतालाई नाका बन्द गरेर दुःख दिन्छ । मन नमानी नमानी पनि टुलु टुलु हेरेर बस्छौ । कहिले अपमानित शब्दहरु भारतियहरुले नेपालीलाई प्रयोग गर्छन् । त्योपनि सुनेर नै बस्छौ, जागिर जान्छ भन्ने डरले । खैर ठिकै छ ।
अब मोदी चिन संग डराएर तिमि नेपालीहरुलाई नै लडाइमा पठाउदैछ । कतिका बाबुआमाका आँखा चिसा हनेहुन्, कतिका श्रीमती छोराछोरी एक्ला हुने हुन । तिमिहरु चाही विर गोर्खालीको नाम दिएर मोदी जस्तो गद्दारका लागि परिवार माथी अपराध गरि रहन्छौ । न त तिमिहरु सच्चा नेपाली नै भयो किनकी नेपालको लागि केही गर्न पाउदैनौ । न त तिम्रो परिवार सुखी हुने भयौ । न त नेपाल आमानै सुखि हुने भइन् । भयौ त केवल मोदीको गुलाम ……………, सक्छौ भने नेपालमै केह गर्ने गरी आऊ ।


