जब प्रचण्डलाई जुवाडे र छेपारे भन्दै खगेन्द्र संग्रौलाले यसो भने…

काठमाडौं । कुनै बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्त बनेका चर्चित लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले यतिबेला उनीसँग चर्को आक्रोश पोखेका छन् । दैनिक नेपालमा खबर छ – प्रचण्डसँगको असन्तुष्टिलाई उनले सामाजिक सञ्जालसम्मै ल्याएका छन् । प्रचण्डलाई जुवाडे र छेपारेको संज्ञा दिँदै उनले सावधान हुन आग्रह समेत गरेका छन् ।

संग्रौलाले लेखेका छन् – ‘कागेमा फेरि प्रधानमन्त्रीको दाउ लागिहाल्छ कि भन्दै जुवाडे प्रचण्डले हिजो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा नै बेचेर जुवा खेल्न संसदीय जुवाघरमा पलेटी कसेर बसे । आज फेरि त्यहि मुद्दा उठाउने रे । हगिसकेपछि दैलो देख्नु कुनै अर्थ छैन । छेपारोदेखि सावधान ।’ संग्रौलाको यो टिप्पणीले माओवादी वृत्तमा निकै चर्चा पाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।