धनकुटामा चियाको उत्पादन ह्वात्तै घट्यो, यस्तो छ कारण…
धनकुटा खबर, साउन १४ । धनकुटा जिल्लामा यो वर्ष हरियो चिया पत्ती उत्पादन ह्वात्तै घटेको छ । तुलनात्मक हिसावले आर्थिक वर्ष २०७२-७३ को भन्दा २०७३-७४ मा जिल्लामा २५ प्रतिशतले चिया उत्पादन घटेको राष्टिय चिया तथा कफी वोर्ड चिया विस्तार योजना धनकुटाका प्रमुख रामएकवाल यादवले जानकारी दिनुभयो ।

जसअनुसार आर्थिक वर्ष २०७२र७३ मा जिल्लामा करिव ३ लाख केजी हरियो चिया पत्ती उत्पादन भएको थियो भने २०७३र७४ मा करिव ३ लाख केजी मात्र उत्पादन भएको उहाँले वताउनुभयो ।

प्रमुख यादवका अनुसार हरियो चिया पत्ती उत्पादन कम हुनुको कारण खास गरी चिया वगानमा काम गर्ने कामदारको अभाव रहेको वताउनुभयो । तर यो समस्या समाधानका लागि कार्यलय सधै प्रतिवद्ध रहेको वताउदै उहाँले चालु आर्थिक वर्षमा कार्यलयले चिया खेती विकासका लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी गराउनुभयो ।
ती कार्यक्रमहरु अन्र्तगत उद्योगी र साना किसानहरुका लागि हरियो चिया पत्ती प्रशोधन सम्वन्धि तालिम,१ सय ४५ रोपनीमा डेमोष्ट्रेशन प्लट गर्ने,घुम्ति शिविर सञ्चालन र चिया कटिङ्ग डाला अनुदानमा वितरण गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् ।
जिल्लामा ९ हजार ७ सय रोपनी भन्दा वढी क्षेत्रफलमा चिया खेती गरिदै आएको छ । यस मध्ये करिव ५ सय साना किसानहरुले ५ हजार रोपनी क्षेत्रफलमा चिया खेती गर्ने गरेको कार्यलय प्रमुख यादवको भनाई छ ।


