बिदेशमा झांगिएको प्रेमले नेपालमा लियो करुणाको ज्यान, काठमाडौं होटलमासंगै रहेका प्रेमीलाई प्रहरीले गर्यो गिरफ्तार ( भिडियो सहित )

काठमाण्डौ, १७ साउन । पारीवारीक विछोडमा परदेशी भुमिका रहेकी झापा आमचोक ७ की २९ वर्षीया करुणाले एउटा मन मिल्ने साथी भेटाइन्, तेज गुरुगं घरमा मायाले उनलाई करुणा भनेर बोलाइने गरेको भए पनि उनको वास्तविक नाम भने कमला हो । नागरीकतामा उनको नाम कमला भनेर उल्लेख छ । तनहुंका तेजसंग उनको चिनाजानी कुवेतमै छंदा घनिष्टतामा बदलियो । दुई जनाको बिचमा दुख सुखका कुरा हुन्थे । एक अर्कालाई परेको बेलामा सहयोग गर्थे । त्यही घनिष्टताका आधारमा उनले तेजलाई दुईलाख रुपैया सापट पनि दिइन् । एक सन्तानकी आमा करुणा आफ्नो पतिसंग थिइनन् । सन्तानलाई पनि माइती घरमा छोडेर कुवेत गएकी थिइन । त्यसैले पनि उनलाई एउटा असल साथीको आवश्यकता थियो । त्यही आवश्यकताले उनलाई तेजसंग नजिक बनाएको हुनसक्छ । सात महिना अघि नेपाल आएकी कमला कुवेतमा रहेका तेजसंग टेलिफोन सम्पर्कमा रहिरहीन् । साउन १२ गते तेज पनि काठमाण्डौ आउने खबर पाएकी कमला तेजलाई भेट्न झापावाट काठमाण्डौ आइपुगीन् । आमालाई कुवेत छंदै दिएको ऋण उठाउनु छ भनेर काठमाण्डौ आएकी कमला यतै अस्ताइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।