यीनै हुन काठमाण्डौ विमानस्थल टिलिक्क पार्ने शर्मा, भन्छन- हाम्रो लिडरसिपमा नै कमि छ (भिडियो सहित)

काठमाण्डौ, १६ साउन । काठमाण्डौको अन्तराष्ट्रिय बिमानस्थल सफा गरेर टिलिक्क पारेका खेम शर्माले सोमवार आफ्नो एक महिने अभियान पुरा गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले काठमाण्डौको विमानस्थलमा सरसफाई अभियान सुरु गरेको थियो । संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ । एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको थियो । समापन कार्यक्रममा बोल्दै शर्माले हाम्रो देशको लिडरशिपमा समस्या भएको बताएका छन् । “चाहे ब्यापारी होस चाहे प्रधानमन्त्री होस । हामी आदेश मात्र दिन्छौं अनि तत्काल परिणाम खोज्छौं” उनले भनेफिल्डमै बसेर काम गर्नुपर्छ अनि समस्या कहां छ भन्ने थाहा हुन्छ, अनि समाधान गर्न सकिन्छ ।” उनले मन्त्री भएको भोलीपल्ट अनुगमनमा जाने प्रवृत्ती गलत भएको बताए । हाम्रो लिडरसिपमा नै कमि भएको बताउने उनी त्यसका लागि सिस्टम बनाउनु पर्ने बताएका छन् । हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।