सरकारले हुन्छ भने धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’ ललितपुरमा निर्माण हुने ! तर…

काठमाडौं, साउन १७ । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विकासका लागि महत्वाकांक्षी योजना ‘नमुना नेपाल’ नेपाल सरकारले स्वीकृती दिएको अवस्थामा निर्माण हुनेछ ।

‘धुर्मुस–सुन्तली’ फाउन्डेसनको नामबाट उनीहरुले पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको उक्त योजना केही महिनाअघि नै सार्वजनिक गरेका थिए । उनीहरुका अनुसार नेपाल सरकारबाट उक्त योजनाका लागि स्वीकृती पाइसकेको छैन ।

विभिन्न जिल्लाका २२ ठाउँको अवलोकनपछि ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ ललितपुरको लेलेमा केन्द्रित छ । ‘नमुना नेपाल’ निर्माणका लागि ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडा उपयुक्त सथान भएको फाउन्डेशनको ठहर छ ।

‘धुर्मुस–सुन्तली’ फाउन्डेशनले सार्वजनिक गरेको योजना अनुसार ‘नमुना नेपाल’ भित्र मिनी रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, बौद्धनाथ, मुक्तिनाथ, भ्यु टावरसहितको धरहरा, पशुपति, आदि विविध सांस्कृतिक धार्मिक स्थल हुनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।