एउटै परिवार जस्तो भएर बसेको साथीले नै अपहरण गरेको बच्चाका बाबुको खुलासा, अनुसन्धान जारी (भिडियो सहित)

मनपेट साटेको साथीले नै कुनै दिन आफ्नो मुटुको टुक्रालाई हरेर लैजाला भनेर विजयले सायदै सोंचेका थिए होलान् । ब्यवसाय संगै गर्ने, एउटै परिवार जस्तो भएर बसेको साथीले नै आफ्नो ६ वर्षीय छोरा अपहरण गरेको आशंका अहिले विजयले गरेका छन् । विद्यालय पढ्न पठाएको छोरा उतैवाट बेपत्ता भएपछि काठमाण्डौको असनमा हार्डवयर पसल संचालन गरेर बसेका विजय चौधरी पांच दिन सम्म इन्तु न चिन्तु भए । न कसैसंग दुस्मनी, न कसैलाई अहिले सम्म नराम्रो ब्यवहार, यस्तो परिवन्धमा कसरी परीयो ? उनको मनले यस्तै सोंच्दै थियो । क्षेत्रपाटी स्थित सरस्वती वोर्डिगं स्कूलमा युकेजीमा पढ्ने छोरा विशाल एकाएक विद्यालयवाटै बेपत्ता भए । विशालको परिवार, प्रहरी प्रशासन अनि विद्यालयको अथक प्रयास पछि ५ दिनको दिन विशाल फेला परे । संचारमाध्यममा बालक हराएको सुचना जताजतै फैलिए पछि सर्वत्र चासोको विषय बन्यो । जे होस विशाल फेला परे, परिवारमा निकै खुसी छाएको छ । मंगलवार लाइट नेपालको टोली पुग्दा विशाल निकै प्रशन्न मुद्रामा देखिए । “छोरा भेटियो म निकै खुसी छु, प्रहरीले धेरै राम्रो काम गर्यो, विशालले भने, जसलाई मैले धेरै विश्वास गरे, उसैले अपहरण गरेको शंका छ ।”, “छोरालाई शिक्षा बिना त राख्न सक्दिन, तर कुन विद्यालय पठाउने भन्ने समस्या छ । म विद्यालय बुझ्दै छु , सुरक्षाका हिसावले कुन विद्यालयमा पठाउन उपयुक्त हुन्छ त्यसैमा पठाउंछु” उनले भने । – थप भिडियोमा हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।