चीन भ्रमणमा गएको भन्दै किन रिसाए प्रधानमन्त्री देउवा केपी ओलीसँग ? यस्तो छ कारण…
काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सूचना नै नगरी चीन भ्रमणमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओलीको भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रसँग चासो देखाएपछि ओलीले मन्त्रालयलाई पूर्व जानकारी नदिएको ब्रिफिङ गरेको थियो ।सामान्यत पूर्वप्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारलाई जानकारी गराउनु पर्ने हुन्छ । तिब्बतको प्रसिद्ध तीर्थस्थल मानसरोबर घुमेर एक सातापछि शुक्रबार स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले भ्रमणमा जानु अघि आफूले सरकारलाई जानकारी गराएको बताएका थिए ।
परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासँग समन्वय गरेर तिब्बत गएको पूर्वप्रधानमन्त्री ओलीको भनाइ बाहिर आएपछि परराष्ट्र मन्त्रालयले जानकारी नभएको ब्रिफिङ प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको हो । प्रधानमन्त्री कार्यालयले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको तिब्बत भ्रमणबारे परराष्ट्र मन्त्रालयसँग सोधेको थियो । परराष्ट्र मन्त्रालयले ओलीले भ्रमणमा जानुअघि कुनै जानकारी नदिएको बताएको प्रधानमन्त्री कार्यालय स्रोतले पनि पुष्टी गरेको छ ।
‘प्रधानमन्त्री कार्यालयलाई पराराष्ट्रले ब्रिफिङ गर्दा एमाले अध्यक्ष बिना जानकारी तिब्बत गएको थाहा लागेको हो’ बालुवाटार स्रोतले भन्यो, ‘तर फर्केपछि ओलीले आफूले सबैसँग समन्वय गरेर गएको बताइरहनु भएको छ ।’ नेपाल फर्किएपछि ओलीले तिब्बत भ्रमणका क्रममा आफूले तिब्बत जनसरकार प्रमुख, जनकांग्रेसका प्रमुख र पार्टीका उपप्रमसखसँग भेटवार्ता गरेको बताएका थिए ।
अध्यक्ष ओलीले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङगोला, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला नाका खोल्ने विषयमा पनि गम्भीर छलफल भएको बताएका थिए ।


