प्रहरी नायब उपरीक्षक हुँ भन्दै अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्ति पक्राउ

काठमाडौँ, १७ साउन । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ भद्रकाली–७, कुमारीखेल बस्ने नुवाकोटको गेर्खु, फूलबारीका शुक्रराज तामाङलाई ब्युरोको टोलीले काठमाडौँ बाँसबारीबाट पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई सुन्दर युवतीमार्फत बोलाउन लगाई सिआइबीको प्रहरी हाँै भन्दै नियन्त्रणमा लिई यातना तथा फिरौती लिने गिरोहका मुख्य सदस्य तामाङ रहेको ब्युरोले जनाएको छ ।

तामाङ यसअघि पनि ज्यान मुद्दामा विसं २०५९ सालमा अदालतबाट २० वर्ष सजाय तोकिएकामा २०६९ सालमा छुटेका थिए । सो गिरोहका कुविन भन्ने कोलबहादुर थापामगर तथा सरू केसी भन्ने आशिका परियारलाई काठमाडौँ बत्तीसपुतलीबाट गत असार २ गतेनै ब्युरोले पक्राउ गरिसकेको छ ।

सोही गिरोहका कुमानन्द भन्ने कोमानन्द खड्का र नवीनकुमार राई अपहरण तथा शरीर बन्धक मुद्दामा हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेको ब्युरोले जनाएको छ । सिआइबीको नक्कली डिएसपी बन्ने निज शुक्रराज तामाङलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा निजउपर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।