उपचार अभावमा छटपटाउँदै संखुवासभाका क्यान्सर रोगी भुजेलको रोदन,- म बाँच्न चाहन्छु (भिडियो सहित)

संखुवासभा । आर्थिक अभावका कारण उपचारको अभावमा छटपटाईरहेका संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेलले आफनो उपचारका लागी आर्थिक सहयोगका लागी सबैसँग अपिल गरेका छन । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ ।

क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ । भुजेलका उपचारका लागी ५ लाख खर्च आबश्यक रहेको उनकी श्रीमतीले भक्कानिँदै जनाएकी छिन आर्थिक अभावका कारण उपचार संभव नभएको र अस्पताल सम्म जाने अबस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागी मनकारीहरु सँग अपिल समेत गरेको छ ।

आफु अत्यन्तै बिपन्न भएका कारण उपचार सम्भव नभएको र आफु बाँच्न चाहेको उनले बताएका छन । भुजेल लाई सहयोग गर्न चहान इच्छुहरुले ९८०५३६८४५३मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन । साथै Bank Of kathmandu Ltd इटहरी शाखा सुरेश चन्द्र दाहालकाे नाममा रहेकाे खाता नम्बर 031300000590524 मा सहयोग गर्न उनीहरुले अपिल समेत गरेका छन । प्राप्त सहयोग रकम अनलाईन मार्फत सार्बजनिक समेत गरिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।