सरकारले गर्यो प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा (नामावली सहित)
काठमाडौं, १९ साउन । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले डीआईजीहरुको बढुवा गरेको हो ।
एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।
बमबहादुर भण्डारी र जयबहादुर चन्द आईजीपीका समेत दाबेदार हुनुहुन्थ्यो । चन्दलाई यसअघि पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले प्रहरी प्रमुख नियुक्त गरेको थियो । आइजीपीको लागि नाम सिफारिस भएका नवराज सिलवाललाई भने एआइजीमा पनि बढुवा गरिएन ।


