‘रेणुजी ! प्रचण्डपूत्रीभन्दा असल नेत्री बन्नुहोस्’ : नविना लामा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की केन्द्रिय अध्यक्ष नवीना लामाले भरतपुर महानगरपालिकामा एमाले उम्मेद्धार देवी ज्ञवालीलाई हराउन सक्ने ताकत कांग्रेस–माओवादी गठबन्धनसँग नभएको बताइन । ‘म भर्खर चितवनबाट फर्किदैछु, १९ नम्वर वडाका मतदानसँग मैले कुरा गरेँ, सवैले मतपत्र च्यात्नुको कारण मागिरहेका छन्’ एसकाठमाडौंसँग लामाले भनिन् ‘जति पैसा र घमण्ड रेणु र सत्ता गठबन्धनले गरेपनि जित देवी ज्ञवालीकै हो ।’

भरतपुर १९ मा पुनः मतदान गराउने आदेश दिएर सर्वाेच्च अदालतले जनमतको ठाडो उलंघन गरेको बताइन । जनताको अभिमतलाई लत्याउने र लोकतान्त्रिक परिपार्टीलाई धावा बोल्ने ब्यक्तिको मनोबल बढ्यो, लोकतन्त्रले हारयो, अपराधले जित्यो’ लामाले भनिन । भरतपुरमा एमाले उम्मेद्धार ज्ञवालीले जित्ने निश्चित भएपछि माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्ने कामलाई सर्वाेच्च अदालत र निर्वाचन आयोगले संरक्षण गरेको आरोप उनले लगाइन ।

भरतपुर महानगरपालिकाको वडा नं १९ मा कांग्रेस–माओवादी गठबन्धनले रकम प्रयोग गरेको उनले बताइन । ‘रेणुजीले याद गर्नुपर्छ पैसा र सत्ताको गठबन्धनले चुनाव जितिदैन’, लामाले भनिन् ‘रेणुले चुनाव जितेपनि जनताको मन जित्न सक्ने छैनन् ।’ फेरी पनि निर्वाचन घोषणा गर्दा भरतपुरवासी जनता रुष्ट भएको उनले बताइन। ‘जनता दुखी छन् ,बर्षाको समय छ ,रोपाईं र खेतीको मारामार छ ,आफ्नो दैनिक दिनचर्यामा व्यस्त रहेका जनताहरु पुनः मतदान गर्ने इच्छा व्यक्त गरेका छैनन्’ किनकि उनीहरुको मतदानको खिल्ली उडाइएको छ’ ,लामाले भनिन’ ।

लामाले प्रचण्डपुत्रीभन्दा पनि असल महिला नेत्रीको रुपमा आफुलाई स्थापित गर्न रेणु दाहाललाई सल्लाह दिएकी छिन् । जनताको भावना लत्याउदै हरेक हाँसो, आँसु, सुख र दुखको साथी बन्न उनले आग्रह गरिन । ‘सधै सामन्ती पारा चल्दैन, फेरी हुने निर्वाचनबाट एमालेको विजय हुनेछ, म ढुक्कका साथ भन्न सक्छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।