छात्रामाथी यौन दुराचार गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ, यसरी भयो घटना…!

काठमाडौं । रत्न राज्य लक्ष्मि क्याम्पस (आरआर)का प्राध्यापक विष्णुप्रसाद आचार्य बिद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन् ।

एमए तहमा अध्ययनरत छात्रामाथी साउन १२ गते क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी यौन दुराचार गरेको आरोपमा महानगरीय प्रहरीको अपराध महाशाखाले पक्राउ साउन १८ गते बुधबार क्याम्पसबाटै पक्राउ गरेको हो ।


पक्राउ परेका प्राध्यापक आचार्य

यौन दुराचारमा परेकि छात्राको उजुरीको आधारमा प्रहरीले प्राध्यापक आचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका प्राध्यपक अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

कसरी भयो यौन दुराचार ?

यौन दुराचारमा परेकी छात्रा बिरामी भएर कक्षामा एक्लै बसेकि थिइन । त्यही मौका छोपी प्राध्यापक आचार्य कक्षामा प्रवेश गरेका थिए । प्राध्यपक आचार्यले ढोका थुनेर विभिन्न प्रलोभन देखाउँदै यौन दुचारको प्रयास गरेका पीडितको पक्षबाट प्रहरीमा परेको उजुरी यस्तो उल्लेख छ ।

उजुरमा उल्लखे भए अनुसार प्राध्यापक आचार्यले कक्षा कोठामा चार बजे पछाडी अन्य कोही साथी नभएको मौका छोपि छात्रालाई ‘तिमि म सँग यौन सम्पर्क राख त्यसको बदलामा तिमिलाई आवश्यक गर्ने सबै नोट उपलब्ध गराउछु, जसका लागि उचित समय मिलाएर खबर गर्नु’ भनेका थिए ।

पीडितको पक्षबाट परेको उजुरी अनुसार प्राध्यापक आचार्यले उत्त छात्रालाई यौन हिंसा जन्य उदेश्यले ‘तिमि कक्षामा अनुपस्थित हुँदा मलाई पढाउन रहर हुँदैन, म जस कारण प्राध्यापकिय प्रवाह दिन सक्दिन, जस कारण दैनिक कक्षामा आउने गर, म तिमिलाई मुटु देखि नै माया गर्छ’ इमेल समेत गरेका थिए ।

यसरी बारम्बार प्राध्यापक आर्याले यौन दुराचारको प्रयास गरेपछि पीडित र पीडित पक्षका बिद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरी पछि प्राध्यापक आचार्य पक्राउ परेका हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।