छोरा कुन्दनको बेड, कपडा, खेलौना र गिटार देखाउदै भक्कानो छोडेर रोईन कुन्दनकी आमा ! – मन थामेर हेर्नुहोस यो भिडियो

काठमाण्डौ २० श्रावण । कुन्दन थापाको रहस्यमय मृत्यु भएको विषयमा उच्च अदालत पाटनले चार महिना पछि किटानी जाहेरी दर्ता गर्नका लागि आदेश दिएको छ । २०७३ चैत्र १६ गते काठमाण्डौ सामाखुसी स्थित रानीबारीमा रहेको नेपाल प्रहरी स्कूलमा प्रहरीद्वारा मारिएका भनिएका कुन्दनको विषयमा लामो समयदेखि दर्ता प्रकृयामा रहेको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि उच्च अदालतले परमादेश जारी गरि दर्ता गर्न आदेश दिएको हो ।

चार महिना बित्दासम्म किटानी जाहेरी दर्ता गर्न नमानेको प्रहरी प्रशासनलाई अदालतले दर्ता गर्नु भनि दिएको आदेशलाई कुन्दनको परिवार र आफन्तले जीतको पहिलो शुरुवात भएको मानेका छन् । “अब केही हुन्छ ।

कुन्दन थापाको प्रहरी स्कुलमा रहस्यमय मृत्युपछि पहिलो पटक उनको घरमा जाँदा देखियो अत्यन्त पीडादायी दृश्य । छोरा सुत्ने ओछ्यान, लगाउने कपडा, सानै छँदा खेलाउने खेलौना र गिटार देखाउँदै भक्कानो छोडेर रोईन कुन्दनकी आमा र भनिन, कुन्दन मेरो छोरामात्र नभएर साथी पनि थियो हामी संगै सुत्ने गर्थौ ।

म उस्लाई कसरी भुल्न सक्छु भन्दै उनले कुन्दन सुत्ने ओछ्यानको सिरानमा कुन्दनको तस्विर राखेको पनि देखाईन् । हेर्नुहोस् अहिले सम्म बाहिर नआएको आन्तरिक बेदना । ति आमाले आफ्नो छोरो गुमाएछि स्वर्ग जस्तो भएको घर एकाएक अहिले नर्कमा परिणत हुँदा के बितिरहेको छ उनलाई ?

मन थामेर हेर्नुहोस् यो भिडियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।