जिल्ला समन्वय समिति खोटाङमा नेकपा एमालेको प्यानलै विजयी

खोटाङ, २० साउन । जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।

आज सम्पन्न निर्वाचन परिणामनुसार एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बबी चाम्लिङको समूह विजयी भएको हो । चाम्लिङले १३ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाशकुमार श्रेष्ठले सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताउनुभयो ।

जिसस उपाध्यक्षमा एमालेकी गोमादेवी खत्री १३ मत ल्याएर विजयी हुनुभएको छ । खत्रीका निकटतम प्रतिस्पर्धी कँग्रेसकी चन्द्रकला राईले सात मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिसस सदस्यमा एमालेका कमलकुमारी राई, भगवती प्रधान, रञ्जना राई, चर्चबहादुर विश्वकर्मा, अडिराम राई, उदयबहादुर कार्की र रुद्रबहादुर विष्ट निर्वाचित हुनुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।