९ वर्ष जापानमा काम गर्दा सिकेको सीप नेपालमा सदुपयोग

काठमाडौँ, २१ साउन । नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् ।

नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो । नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः सिकेको सीप स्वदेशमा उपयोग गरेका छन् । बेकरी उद्योगमा तीन र व्यवसायमा तीन गरी हाल छ जना व्यक्तिलाई उनले रोजगार समेत दिइएको छ ।

काठमाडौँको महराजगञ्जमा सञ्चालित सो बेकरीको नाम उम्दा जापनीज् बेकरी हो । पहिलो चरणमा रु ३५ लाख लगानी गरेर सुरु गरेको सो बेकरीले ४० मिनेटमा अर्डरबमोजिमका सामग्री तयार गर्ने, उपभोक्तालाई ‘होम डेलीभरी’ सर्भिस दिने र कच्चा पदार्थ जापानबाट आयात गर्ने गर्छ ।

जापानको होकादो शहरमा नौ वर्ष काम गरेका उद्यमी अधिकारीले पहिलो चरणमा बनेपा, भक्तपुर र झम्सिखेलमा छिट्टै शाखा सञ्चालनमा ल्याउने बताउँदै आगामी पाँच वर्षभित्र देशका सबै शहरमा उम्दा जाप्नीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याउने र करिब दुई हजार व्यक्तिलाई रोजगार दिने उनको योजना छ ।

जापानमा बस्दा उनको जापानी साथी मुराकामीले नेपालमा उद्योग र बेकरी पसल एकैपटक सञ्चालन गर्ने सल्लाह दिएका थिए । उनकै सुझावमा स्थापना गरिएको सो संस्थामा मुख्य उत्पादनकर्ता जापानी नागरिक इतो केही छन् ।

पछिल्लोपटक सो बेकरी उद्योगलाई सिंगापुर, भारत, बंगलादेश र ताइवानबाट शाखा विस्तार गर्ने प्रस्ताव आएको छ । गत साता मात्र महाराजगञ्जमा सञ्चालित पसलमा दैनिक ३०० उपभोक्ता आउने गरेका छन् ।

पछिल्लो समयमा विवाह, जन्मोत्सव तथा अन्य शुभकार्यमा केक काट्ने प्रचलन बढेसँगै नेपालमा केक तथा बेकरी उद्योग फष्टाउन थालेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।