भरतपुरमा मतगणना सकिनै लाग्दा सकिनै लाग्दा निधिको ट्वीट, रेणुले जितुन् !
काठमाडौं २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा नेपाली कांग्रेसक प्रभावशाली नेता एवं वैशाख ३१ गते चुनाव गराउँदा गृहमन्त्री रहेका बिमलेन्द्र निधिले शनिवार सामाजिक सञ्जलमा अर्थपूर्ण सन्देश लेखेका छन् । माओवादी केन्द्रबाट भरतपुरको मेयर उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग कडा प्रतिस्पर्धा संगको मतान्तर न्युन बन्दै लगेको समयमा निधिले शनिवार अपरान्ह ट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘भरतपुरमा रेणु दहाल जितुन् । हाम्रो चाहना यही नै हो । पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौंला ।’ यस्तो छ उनको ट्वीट…



