भरतपुरमा रेणु दाहालले जितेपछि प्रकाश पत्नी सिर्जनाले भावुक हुँदै फेसबुकमा यस्तो लेखिन…

भरतपुर, २१ साउन । माओवादी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकामा उनकी भाई बुहारी सिर्जनाले बधाई तथा शुभकामना दिएकी छन् ।

श्रीमानले अर्की ल्याएपछि परिवारबाहिरै बस्दै आएकी सिर्जनाले रेणु भरतपुरको मेयरमा निर्वाचित भएको आधिकारिक घोषणा नहुँदै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गर्र्दै बधाई दिएकी हुन् । सिर्जना पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशकी श्रीमती हुन् । उनीहरुका एक छोरा छन् । औपचारिक रुपमा अझै सम्बन्ध बिच्छेद भएको छैन ।

सिर्जनाले रेणुको जितलाई धेरै समयपछिको खुसी भन्दै तर, भेटेरै बधाई दिने अवस्था नभएकामा भने खिन्नता पोखेकी छन् । सिर्जनाले रेणुलाई ‘पपलको बोटमा उम्रिएको पिपलको बोट’ को संज्ञा दिँदै स्वच्छ, इमानदार र पवित्र व्यक्तित्व रहेको भन्दै प्रशंसा गरेकी छन् । निर्वाचित भएको दिनमा जस्तै पदबाट हटेका दिनसम्म पनि आफ्नो पवित्रता र स्वच्छता जोगाउन उनको सुझाव छ ।

धेरै समयपछि मन खुसी छ । कारण, भरतपुर महानगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ । दिदीसँग गला मिलाएर बधाई दिन मन थियो । तर, दुर्भाग्य । त्यो अवसर मबाट खोसियो । रेणु दिदी ढुंगाको कापमा उम्रिएको पिपलको बोट हो । सधैं अरुलाई शीतल दिनु । खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सनु । मेयर जितेको दिनमा जति पब्त्रि हुनुहुन्छ, पदबाट हटेको दिन पनि तपाईंको स्वच्छता, इमान र पवित्रतामा कसैले चोर औंला ठड्याउन नसकोस् । हार्दिक–हार्दिक बधाई, शुभकामना’, सिर्जनाले लेखेकी छन् ।


काठमाडौँ टुडे बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।