भरतपुरकी नव निर्वाचित मेयरलाई रबिले भने ! मत पत्र च्यातेकोमा जनतासँग माफी माग्नुस् ! हेर्नुहोस भिडियो

न्युज – २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग अहिले थुप्रै न्याय नपाएर अन्याय, अफ्ठ्यारो र आपतबिपदमा परेकाहरुको लागी मद्धत गर्ने भरपर्दो माध्यम बनेको छ।

यस कार्यक्रमका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।

रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

कार्यक्रमको १०२ औं भागमा चितवनको भरतपुरमा मतपत्र माओबादिले मतपत्र च्यात्नु गलत भएको बताउँदै हालै महानगरपालिकाको मेयरमा निर्वाचित माओबादि उम्मेदवार रेणु दाहाललाई मतपत्र च्यातेकोमा माफी माग्नुपर्ने र जितको मातले मतपत्र च्यात्ने कामलाई लोकतन्त्रको हवाला दिइयो भने भरतपुरवासीको मन पनि च्यातिने बताए।

भरतपुरका मेयरमा माओबादि उम्मेदवार रेणु दाहाल सँग पराजित देवी ज्ञवालीका छोरा निरभले रेणु दाहाललाई गाली गरेकोमा माफी माग्न रविले देवी ज्ञवालीलाई पनि अनुरोध गरे।

कार्यक्रममा रविले अरु धेरै मुद्दाहरु पनि यस कार्यक्रममा उठाएका छन्,ओम शान्तिले जवरजस्ती लगेकी बृद्धा वेपत्ता, अजेय सुमार्गीको परिवारमा जातीय विभेद। हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖