जिल्ला समन्वय समिति काठमाडौंमा एमालेको प्यानलै विजयी
काठमाडौं, २२ साउन । जिल्ला समन्वय समिति काठमाडौंमा नेकपा एमाले विजयी भएको छ । जिससको प्रमुखमा सुन्दर शिवराज वैद्य निर्वाचित भएका छन् । त्यस्तै, उप प्रमुखमा सरिता दाहाल निर्वाचित भएकी छन् ।

सदस्यहरुमा उद्धव भण्डारी, रघुनाथ तिमिल्सिना, कृष्ण लम्साल, शिला चर्मकार, तेजिला थापा, सावित्री भट्टराई र सान्नानी लामा निर्वाचित भएका छन् ।
निर्वाचित सबैले १५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वीले ७ मत प्राप्त गरेका थिए ।


