प्रहरी इन्काउन्टरमा मारिएका खत्रीकी श्रीमती भन्छिन्न्,- मेरो श्रीमान डन होइनन तर नसा खानुहुन्थ्यो (भिडियो सहित)
मेरा श्रीमान लागुऔसध खान्थे तर डन होइनन् । प्रहरीले डन भन्यो त्यसै अनुसार मिडियाले पनि मेरो श्रीमानलाई डन भनेर सम्बोधन गरे । त्यो सबै सबै कुरा झुटो हो । म घरमा थिइन । म बाहिरवाट घर आउंदा हामी सिभिल प्रहरी हो तपाई ढोका खोल्नु भने । मैले ढोका खोलिन, तर प्रहरीले चावि खोसेर ढोका खोले । प्रहरी घर भित्र पसे । म प्रविणको आमालाई फोन गर्न थालें, त्यहि बिचमा गोलि चलेको आवाज सुनियो । तर वाहिर त्यस पछि के भयो मलाई केही थाहा छैन । छिमेकीले प्रविणलाई गोलि लाग्यो भने त्यस पछि म बेहोस भएं” ललितपुरको पाटन अस्पतालमा अति विछिप्त अवस्थामा रहेकी सविता खत्रीले पति प्रविण खत्रीको मृत्युको घटनाक्रम यसरी सुनाइन् । हेर्नुहोस् भिडियोमा


