मृत्युका ब्यापारीहरुलाई नछोड्ने रविको चुनौती : बैदेशिक रोजगारमा गएका नेपालीको समस्याको समाधान गर्न किन रविले उठाए यति ठूलो कदम (भिडियो सहित)

न्युज -२४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग अहिले थुप्रै न्याय नपाएर अन्याय,अफ्ठ्यारो र आपतबिपदमा परेकाहरुको लागी मद्धत गर्ने भरपर्दो माध्यम बनेको छ।

यस कार्यक्रमका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।

रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

कार्यक्रमको १०३ औं भागका बिशेषताहरु –

रौतहटको बाटोमा डुबेर मृत्यु भएका ४ जना बालबालिकाको बारे रविले उक्त बाटो बनाउने ठेकदारलाई किन यस्तो बाटो बनाएको भनेर सोधेकोमा उक्त ठेकदारले मर्ने बालबालिकाकै दोष भन्दै घृणित र लजास्पद उतर दिए ।

मृत्युका ब्यापारीहरुलाई नछोड्ने रविको चुनौती : नेपालका केहि निजि हस्पिटलमा डाक्टरहरुको कमीकमजोरी र लापरबाहीले बिरामीको बढ्दो मृत्युले उत्पन्न असज स्थितिले निम्त्याएको बादबिबादको बीच केहि तस्कर समुहले तोडफोड मचाउदै आएको घटनालाई रविले यसरी खबरदारी गरेकी यो मृत्युको क्रम नरोकिए नेपाली समाजमा नराम्रो असर पर्ने यसलाई छिटै निरुपण गर्न जरुरि छ भन्दै सिधाकुराले यसलाई यतिकै नछोड्ने बताए ।

बैदेशिक रोजगारीमा बढ्दो ठगिले आक्रान्त नेपालीहरुको समस्याको समाधानार्थ रविको सिधाकुराको टिम नै खाडी लगायतका नेपालीहरु काम गरिरहेको मुलुकहरुमा जाने र त्यहाको समस्या बुझ्दै समाधानको लागि ठोस पहल गर्ने घोषणा पनि रविले आज गरेका छन् ।

रविको यो पहल सफल भएमा आम नेपालीले सदैव रविको मन्त्रमुग्ध प्रसंसा गर्ने छन र एउटा नयाँ इतिहास निर्माण गर्ने छन् ।

स्मार्टसिटि भन्दै २ करोडको कार चढ्ने यो कस्तो स्मार्ट निर्णय हो भन्दै रविले काठमान्डौका मेयरलाई तिखो शब्दवाण प्रहार गरेका छन् ।

”४ बालिका डुबेको रौतहटको बाटो बनाउने ठेक्केदारले मानेनन् आफ्नो गल्ती। उल्टो भन्छन् हिड्ने कै गल्ति। लापरवाहीको यो हद, यो हेरेर शेयर गर्न सबैमा रविको अनुरोध छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖