काकीलाई बलात्कार गरेको आरोपमा माओवादी केन्द्रका निर्वाचित वडा सदस्य पक्राउ

सल्यान– सल्यानको ढोरचौर गाउँपालिकाका एक वडा सदस्य हाड नाता करणीको आरोपमा पक्राउ परेका छन् । काकी नाता पर्ने २० वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षका उनलाई पक्रेको हो ।

अरोपितको घरमा डेरा गरेर बस्दै आएको र साउन ३ गते राती घरमा कोही नभएको बेलामा बलात्कार गरेको पीडितले बताएकी छन् । पीडितको साउन ७ गते जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

उनले साउन ६ गते अस्थायी प्रहरी पोष्ट ढोरचौरमा दिएको मौखिक उजुरीको आधारमा आरोपितलाई त्यही दिन गिरफ्तार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा साउन ८ गते लिखित रुपमा दर्ता भएको हो ।

आरोपित वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरणको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् । घटनाको थप अनुसन्धान भैरहेको डिएसपि श्याम खत्रीले जानकारी दिनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।