पेटको घाउ निको नहुँदा मलमुत्र पेटबाटै, आर्थिक अभाबले उपचारमा समस्या – भिडियो सहित

दमक | झापाको शिवसत्ताक्षी नगरपालिका ११ का ३८ बर्षिय हस्त बहादुर तामाङको आर्थिक अभाबले थप उपचारगर्न समस्या भएको छ । तामाङको करिब दुइ महिना अघि दमकस्थित लाईफ लाइन अस्पतालमा अण्डकोषमा समस्या देखिएपछि अप्रेसन गरिएको थियो ।

तर तामाङको अप्रेसन पछि पनि समस्य ठिक नभएपछि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नोबेल अस्पातल सम्म पुरयाइसकेको परिवार स्रोतले जनाएको छ । तामाङको स्वास्थय अवस्थामा झन झन जटिल बन्दैगएपछि आर्थिक अभाबका कारण थप उपचार गर्न नसकेको आमा पुर्णिमाया तामाङले गुनासो गर्नुभयो ।

चिकित्सकले तामाङको पेटको दायाँ बायाँ दुबैभागमा अप्रेशन गरेका थिए । तर अप्रेसन पछि घाउ निको हुनुको सटटा झन बडदै जादाँ मल मुत्र समेत पेटबाट नै निश्कन थालेपछि विरामीको अवस्था जटिल बन्दै गएको छ ।

चिकित्सकले दमकमा थप उपचारगर्न नसकिने बताएपछि विरामीलाई धरान लगिएको थियो । तर धरानमा धेरै खर्चलाग्ने बताएपछि आर्थिक अभाबका कारण विरामी छोरालाई घरमा नै फिर्ताल्याएको पुर्णिमायाले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।