‘उन्यू फुलेन नयाँ शक्तिमा !, देवेन्द्र दाई, पोइला जाने घरमा उन्यू फुलाउनुहोला !’

– यज्ञ गौतम
मैले देवेन्द्र दाईको उन्यू फुलेन कार्कीनेटामा राम्रोसँग पढेको छु । उर्फ देवेन्द्र दाई ! हो त्यतिबेला कार्कीनेटामा उन्यू फुलिसकेको थिएन् । त्यो दोहोरियो किन ? के नयाँ शक्ति नेपालमा पनि उन्यू नफुलेकै हो ? सायद फुलेनछ होला । त्यसकारण तपाईलाई यो खुल्ला पत्र लेख्न चाहेँ । पढनुस या नपढ्नुस् । आम पाठकले अवश्य पढनेछन् ।

कमरेड त भन्न नमिल्ने होला । देवेन्द्र सर ! महान शहीदहरुले तपाईको भाषण सुन्न र तपाईलाई वोनस दिन रगतको भेल बगाएका होईनन् । जवाफ चाहिन्छ । नयाँ शक्ति नेपाल गठनको ग्राईन डिजाईन भारत र त्यसको मेकानिज्म देवेन्द्र पौडेल हुनुहुन्थ्यो भन्ने आरोप छ । त्यो कहिले निवारण गर्ने ? जस्ले नेपाली क्रान्तिलाई छिन्नभिन्न गराउन भुमिका खेल्नुभयो यसको उत्तर कहिले दिने ? पालुङटार विस्तारीत बैठक पूर्व तपाईलाई ईतिहासको याद गराउँछु । संयोजक बाबुराम भट्टराईले २०५८ देखी शान्ति र संविधानको नारा मेरो भन्नुभयो त्यसमा तपाईको हर्षित ताली बज्यो । अनि प्रचण्ड बेठिक भन्दै नयाँ शक्ति नेपालको अभियान्ता बन्नुभयो । पार्टी फुटाउने तपाईको हर्कतले पुँजीवादी अध्ययनको मातमा लिन भट्टराईलाई उमाल्ने काम गर्नभयो । अहिले पुन पार्टीलाई ध्रुविकरणको आवश्यक्ता भन्दै हुनुहुन्छ । अब जवाफ दिनुहोस् । के नयाँ शक्तिमा उन्यू नफुलेकै हो ? आज नयाँ शक्तिको अभियान्ता ठान्नेले हामी निराश भयौं, भन्दै बाबुरामलाई समेत ध्रुवीकरणमा सहभागी गराउने तपाईको लक्ष्य कुन देशबाट निर्देशीत हो ? अब खुलाउनुहोस् । माओवादी छोड्नुभएको तपाई माओवादी नामको खोष्टो लिएका नामधारीसँग अर्थात तपाईकै भाषामा भन्दा पूर्वमाओवादीवीच ध्रुवीकरण अर्थात नयाँशक्तिमा संकट कुन अर्थमा देख्नुभयो खुलष्त पार्नुहोस् । नयाँ शक्तिबाट मुमाराम खनाल जस्ता वौद्धिकहरु बाहिरिँदा मुमारामप्रति तपाईले लगाएको मित्थ्या आरोप सावित गर्न कुन पूर्व र पश्चिमे माओवादीसँग ध्रुविकरण खोज्नुभएको हो र किन ? याद राख्नुहोस् मैले गाउँघरे भाषा प्रयोग गर्न बाध्य भएँ । कोही न कोही पोईला जाने श्रीमतीलाई पुरानै पोई भन्या जस्तै तपाई यहि बाटो रोज्नु भएको हो । त्यसो भए धन्यवाद पोईला जानुपूर्व पून एकपटक सोचेर पोइला जाने घरमा उन्यू फुलाउनुहोला । मेरो आदरणीय दाजु देवेन्द्र पौडेल ज्यू । गौतम नेकपा पर्वतको जिल्ला सदस्य हुन् – नभदृश्टी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।