डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका स्थित साँगे खोलाको किनारमा आकस्मीक अवतरण गरियो

दमौली, २७, साउन । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।

खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो ।

हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिनुभयो ।

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताउनुयो । सो हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।