चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं, २७ साउन । निलम्बनमा परेका आन्तरीक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मालाई साधरण तारेखमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वाेच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

कर फ¥यौंट आयोगमार्फत करिब ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसविरुद्ध उनी सर्वाेच्च गएका थिए । शुक्रबार बहस सकिएपछि सर्वाेच्चले उनको रिटउपर आदेश दिएको हो ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।