एमालेप्रति इंगित गर्दै भरतपुरकी नवनिर्वाचित मेयर रेणु दाहालले एमालेलाई के भनिन् ? – हेर्नुहोस् भिडियो

चितवन, साउन २७ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले नेकपा एमालेसंगको सहकार्यमा भरतपुरको विकास निर्माणलाई अगाडि बढाउने बताउनुभएको छ ।

चितवन उद्योग संघले आज भरतपुरमा गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुरको विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले एमालेप्रति इंगित गर्दै भरतपुर महानगरमा कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नरहेकोले विकास निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मेयर दाहालले भन्नुभयो–“चुनावमा दलका प्रतिनिधि भएर लड्यौं, अब हामी कोही सत्ता पक्ष, विपक्षी छैनौं, एमालेसंग सहकार्य गछौं ।” उहाँले निकटम प्रतिस्पर्धीले पनि सम्मानजनक मत आएकोले जनताको मतको कदर गर्दै सबै एक भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । “म माओवादी केन्द्र, नेपाली काँग्रेसको मात्रै होइन् नेकपा एमालेको मेयर पनि मै हुँ, अन्य पार्टीको र सिंगो भरतपुर महानगरबासीको मेयर म भईसके, सबैको साझा भएर हिड्ने छु”–मेयर दाहालले भन्नुभयो ।

मेयर दाहालले चितवन उद्योग संघको अगुवाईमा निर्माण भईरहेको चितवन प्रदर्शनी केन्द्रलाई मुर्तरुप दिन महानगर तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपमेयर पार्वती शाह ठकुरीले अब भाषण मात्र नभई काम गर्ने बेला आएको भन्दै भरतपुरलाई समृद्ध बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवंम नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, पोल्ट्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टलगायतले मन्तव्य गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष राजु पौडेलले संघको परिचयसहितको चितवनको संभावनाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सबै वडा अध्यक्षहरुलाई फुलमालाका साथ मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।