राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त द्रुतमार्ग नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, साउन २७ । सरकारले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त द्रुतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझ–बुझारथ भई आयोजना हस्तान्तरण भएको घोषणा शुक्रबार (आज) गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक लागत रु एकखर्ब १२ अर्ब अनुमान गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।