बर्षाका कारण तेह्रथुममा ४ घरमा पूर्ण क्षती, दर्जनौ घर उच्च जोखिममा, पीडित परिवार आफन्तको शरणमा

धनकुटा खबर / तेह्रथुम, २७ साउन । केही दिन यता अबिरल परेको बर्षाका कारण तेह्रथुमको ४ घरमा पूर्ण रुपमा क्षतिका साथै दर्जनौ घर उच्च जोखिममा परेका छन ।

बर्षाका कारण पहिरोले छथर गाँउपालिका २ मा २ वटा घर आठराई गाँउपालिकामा २ वटा घरमा पुर्ण रुपमा क्षती भएको छ । छथर गाँउपालिका २ मा दलरुप लिम्बु र कृष्ण सुबेदीको घर पुर्ण क्षती भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च प्रशुराम गिरीले बताउनु भयो ।

त्यस्तै आठराई गाँउपालिकाको केन्द्र सग्रान्ती बजारमा रहेको दुर्गा गुरुङ र युबराज बाँनियाको घरमा पुर्ण रुपमा क्षती आठराई देबी कटुवाल र डम्बर कटुवालको घरमा आंशिक क्षती भएको ईलाका प्रहरी कार्यलय संग्रान्ती बजारका डम्बर पुरी ले बताउनु भयो ।

क्षती भएका घरपरिवारलाई आफन्तको शरणमा रहरेको प्रहरीले जनाएको छ । क्षती भए लगात्तै प्रहरी र स्थानीयबासीहरुको सकृयतामा पिडित परिवारलाई उद्धार गरीएको थियो । बर्षाका कारण तेह्रथुम सदरमुकाम म्याङलुङ जोडिने सडकका साथै ग्रामिण क्षेत्रमा रहेका सडकहरुमा पहिरो जाँदा यातायातका सवारी साधनहरु आवात जावतमा समस्या बनेको छथर गाँउपालिकाका प्रमुख सन्तोष तिगेलाले बताउनु भयो ।

बर्षाले तेह्र्रथुम जिल्ला सदुमुकाम सहित जिल्लाका छथर आठराई र फेदाप क्षेत्रमा पहिरोको उच्च जोखिम बढेको प्रहरीले जनाएको छ । पहिरोको कारण क्षती हुँदा लाखौको क्षती भएको र मानबिय तथा चौपया क्षतीको बिबरण अहिले सम्म नआएको प्रहरीले जनाएकोे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।