हावाबाट उत्पादित बिजुलीको उद्घाटनमा केपी ओली कोरलामा

मुस्ताङ, २८ साउन हावाबाट उत्पादित बिजुलीको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङको चीनसँग जोडिएको उत्तरी सिमाना कोरला आएका छन् । ओलीले कोरला सिमाना, सडकको अबस्था र सीमा क्षेत्रको अबलोकन गरेका छन् ।

ओलीकै पहलमा उत्तरी नाका खुलाउने प्रयास भएको थियो । कालीगण्डकी करिडोर सडकको अवस्था पनि यहि बेला उनले बुझ्ने काम भएको सांसद महेन्द्र शेरचनले जानकारी दिए ।
बुद्ध एयर प्रा.लिको पहलमा हावाबाट बिजुली बालिएकोले यसको उद्घाटन ओलीबाट आजै हुने प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिए ।

‘आजै बिजुलीको उद्घाटन हुने र यसको सम्पुर्ण संरचना नेपाल सरकारलाइ हस्तान्तरण गर्नेछौं,’उनले भने, १६ महिनाको मिहिनेतले बिजुली बाल्यौं, अब यसको संरक्षण र संचालनको जिम्मा सरकारको हो ।’ पुर्वप्रधानमन्त्री ओलीले नै हावाबाट बिजुली बाल्ने सोच बनाएकाले उनकै हातबाट उद्घाटन गर्न लागिएको उनले जानकारी दिए ।

स्पेनिस लगानीकर्ता राफेल भेनस पिच र तिमिल्सेना मिलेर हावाबाट बिजुली बाल्न प्रालि खोलेर गत बर्षको बैशाखदेखि काम थालेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖