तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहामा करिब एकसय घर डुबानमा

लहान, २८ साउन । तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका करिब एकसय घर डुबानमा परेका छन् ।

बाढीबाट सिरहा सदरमुकामसहितका प्रमुख बजारहरु जलमग्न भएका छन् । वर्षाको पानी निकास नहुँदा कर्जन्हा गाउँपालिकास्थित पासवान टोलका करिब ४० घर तथा कल्याणपुर गाउँपालिकास्थित भेडियामा करिब ३५ र चिकनाका करिब २५ घर जलमग्न भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

यस्तै, सिरहाको लहान नगरपालिका–१ स्थित दलित बस्तीमा समेत पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । मिर्चैया नगरपालिकाको पुरानो हटियास्थित केही घरमा समेत पानी पसेको छ ।

त्यस्तै, पानीको निकास नहुँदा सदरमुकाम सिरहास्थित अधिकांश सरकारी कार्यालय जलमग्न भएका छन् भने मुख्य सडकमा दुई फिटसम्म पानी जमेको छ । सदरमुकामस्थित जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, पशु सेवा, जनस्वास्थ्य, विद्युत् प्राधिकरणलगायत एक दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । यस्तै, सदरमुकामको मुख्य सडकबाट पानी बग्न थालेको छ ।

त्यसैगरी, अत्यधिक वर्षा भएपछि लहानस्थित जिल्ला वन कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत कार्यालयमा पानी जमेको छ । वर्षाकै कारण सिरहाको मिर्चैया नगरपालिका र गोलबजार क्षेत्र समेत जलमग्न भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा करिब दुई फिट पानी सडकबाटै बग्न थालेको स्थानीयले बताएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।