अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ, २८ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्न आग्रह गर्नुभएको छ । सरकार बाढी पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकाले अहिलेको संवेदनशीलतालाई ध्यानमा राख्दै अनसन तोड्न आग्रह गर्नुभएको छ ।

मन्त्री पोखरेलले आज एक विज्ञप्ति जारी गरी डा केसीले माग गरेबमोजिम चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भइसकेको र व्यवस्थापिका–संसदमा पेस हुने क्रममा रहेकाले यस प्राकृतिक विपदमा अनसन तोडी अन्य चिकित्सकलाई पनि नियमित काममा फर्कन आग्रह गर्नुभएको हो ।

डा केसीको अनसनलाई समर्थन गर्दै देशभरका सरकारी तथा निजी अस्पतालका चिकित्सक अन्दोलनमा रहेकाले पीडितको उपचारमा बाधा पुगेको भन्दै मन्त्रीले यस्तो आग्रह गर्नुभएको हो ।

यसैगरी, मन्त्री पोखरेलले मुलुकभर बाढी र पहिरोबाट पीडित बनेका व्यक्तिको उपचार र औषधिको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

यता डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रामा कमी भई स्वासप्रस्वासमा समस्या भइरहेको र छातिमा दुखाइ बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।