देशभर बाढीपहिरो बारे यस्तो छ गृहमन्त्रीले दिएको जानकारी, सविनालाई सताउने ३५ हजारमै छुट्यो (भिडियो)
सिधाकुरा जनतासंगका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।
रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।
कार्यक्रमको १०५ औं भागका बिशेषताहरु:
बैदेशिक रोजगारको सिलसिलामा पिडित भएका नेपालीहरुको संख्या दिनप्रति बढ्दो र भयावह हुदै जादा श्रम विभागले न्याय दिलाउन कुनै पहल नगरे पछि रविले श्रममन्त्री फरमुल्ला मंसूरलाई केवल २४ घण्टा मात्रै श्रम विभागमा गएर त्यहाको भद्रगोल हेर्न र अनुभव गर्न अनुरोध गर्दै चुनौती पनि दिएका छन् कि जनताको समस्या समाधान गर्न सकिदैन भने किन पदमा बस्ने ? तसर्थ बैदेशिक रोजगारमा पिडित नेपालीको समस्या समाधान गर्न मन्त्रि मन्सुरसंग आग्रह गरेका हुन् ।
सविनालाई सताउने साइबर क्राइम गरेको सप्रमाण सहित पक्राउ परेका एक ब्यक्ति जसलाई समाउन रविको टिम र नेपाल प्रहरीको सिआइबिले कडा मेहनत गरेको थियो र उक्त अपराधको आधारमा सो व्यक्तिलाई ५ बर्षको जेल सजाय हुनु पर्नेमा ३५ हजारको सामान्य धलौटीमा अदालतले छोडे पछि सविनाको परिवार हारगुहार गर्दै फेरि रविको सिधाकुरामा पुगेका छन् र उक्त ब्यक्तिबाट परिवार नै खतरामा परेको जानकारी गराएका छन् ।
गृहमन्त्री जनार्दन शर्मासँग आजको लाइभमा रविले सोधे कडा प्रश्न , जनताको घरमा बाढी पसेपछि मात्र किन सिंहदरबारमा बैठक बस्छ ?
देश भर भएको क्षति विवरण र अपडेटसँगैको आजको सिधाकुराको भिडियो


