बन्दरगाह जस्तो देखिने निजगढ़को यो दर्दनाक दृश्य हेर्नुहोस्
निरन्तर दिन दिनदेखि आएको भिषण बर्षाले तराई र पहाडको जनजीवन अस्तव्यस्त बनेको छ। पहाडमा पहिरो पिडित छन् भने तराईका अधिकांश जिल्ला डुबानमा परेको छ। बाढी पहिरोको प्रकोपले अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ भने सैयौं घाइते भएका छन्। हिजो आएको भीषण बर्षाले बाराको निजगढ पनि अछुत रहेन, हेर्नुस झट्ट हेर्दा बन्दरगाह जस्तो देखिने निजगढ़को यो दृश्य । बकैया र भमरा खोला बिचमा पर्ने निजगढका मानिस त्रासित भएका छन । निजगढ चपुर पर्ने धन्सार खोलामा बाढि आउदा धन्सार पुल धसिदा महेन्द्र राजमार्गमा आवत जावत बन्द समेत भएको छ ।


